२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा

२०८२, १६ फाल्गुन शनिबार १७:०७

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन् । बाराको कोल्हबी नगरपालिका शनिबार आयोजित बारा क्षेत्र नं-१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमापाउने बताए ।

‘कांग्रेस सबै जातजातिको साझा पार्टी हो। उहाँहरूले जहाँ जहाँ अन्याय महसुस गर्नु भएको छ भन्ने लागेको छ अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ । यहाँ साथीहरूले सबैलाई मिलाएर लैजान आग्रह गर्न चाहन्छु’, उनले भने, ‘हामीले आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम हामी गर्छौ। कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं ।’

सभापति थापाले फागुन २१ को चुनावमा कुनै साथीहरूले गडबड नगरीकन सबै एक भएर कांग्रेसलाई मत हाल्नुपर्नेमा जोड दिए । उनले ५ वर्ष नेपालमा विकासको ग्यारेन्टी, ५ वर्ष सुधारको ग्यारेन्टी र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताए। उनले भने, ‘यो ५ वर्ष नेपालमा अब दुर्घटना हुँदैन । हामी हुन दिन्नौँ । हामी सम्हाल्छौँ। कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ । न जातका नाममा, न धर्मका नाममा, न मधेस पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको सरकार गतिमा हिँड्छ।’

उनले उत्तेजनामा नबहकिन र सबैलाई सम्हालेर लिएर गएर अगाडि खेर गएको समयलाई पनि सदुपयोग गरेर काम गर्ने वाचासमेत गरे । ‘कांग्रेसले अब ५ वर्षको सरकार बनाउँछ नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउँछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना