२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा

२०८२, १८ फाल्गुन सोमबार १७:४९

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन्। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले निर्वाचन अभियानको प्रभाव परिणाममा देखिने दाबी गरे। उनले पार्टीभित्र देखिएको ऊर्जा, बढेको जागरण र कांग्रेसप्रति बढ्दो जनविश्वासले सकारात्मक संकेत प्राप्त गरेको उल्लेख गरे।

उनले उम्मेदवारी दर्तापछिका पछिल्ला दिनहरूमा वडा तहदेखि पालिका तह हुँदै केन्द्रीय नेतृत्वसम्म अन्य दलका हजारौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेको बताए। यसले पार्टीप्रतिको आकर्षण र विश्वास बढेको संकेत गर्ने उनले बताए।

उनले भने, ‘यो निर्वाचनको अभियानको क्रममा नेपाली कांग्रेस पार्टीले विगतको भन्दा तुलनात्मक रुपले आफूलाई व्यवस्थित ढंगले अगाडि सारेको छ। त्यसको प्रभाव निर्वाचनको परिणामका रुपमा देखिने छ। नेपाली कांग्रेस पार्टीमा देखिएको उर्जा, बढेको जागर, नेपाली कांग्रेसप्रति बढीरहेको विश्वास र उम्मेदवारी दर्तापछिको पछिल्लो दिनहरुमा मात्रै नेपाली कांग्रेस पार्टीमा वडा तहदेखि,पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्ममा रहेको अन्य पार्टीका साथिहरु हजारौं संख्यामा कांग्रेस प्रवेश गरेका छन्।’उपसभापति शर्माले वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग रहेको जिकिर गरे। ‘चुनावमा कसले जित्ने भन्ने मात्र मूल प्रश्न होइन, कसले देशको परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ।’

साथै उनले सबै राजनीतिक दलहरूलाई निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना