२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक

२०८२, २० फाल्गुन बुधबार ११:३६

काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कडा बनाउने उद्देश्यले मतदान सम्पन्न नहुन्जेलसम्म यो रोक कायम रहनेछ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, अत्यावश्यक सेवाका सवारी जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, खानेपानी र विद्युत् मर्मतका सवारी सञ्चालन गर्न पाउनेछन्।

त्यस्तै, कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी र निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास भएका सवारीलाई पनि अनुमति दिइएको छ।

निर्वाचन अवधिमा सवारी प्रयोगमा कुनै समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आयोगले अनुरोध गरेको छ। मतदाता तथा यात्रुलाई भने सवारी बन्द हुनु अघि नै आफ्नो गन्तव्यमा पुग्न सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना