२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल

२०८२, २० फाल्गुन बुधबार १२:१८

काठमाडौँ | गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन्। अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए।

उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ। उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन्। सबै सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन्। जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्नेगरी देशभरी नै पूर्ण रुपमा नै अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ।’

उनले निर्वाचनका लागि आवश्यक सबै सामग्री सम्बन्धित स्थानमा पुगिसकेको पनि स्पष्ट पारे। मतदानपछिको मतपेटिका नेपाली सेनाले लैजाने भन्ने चर्चा सत्य नभएको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजनाअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतमार्फत नै ल्याइने बताए। यद्यपि मतपेटिका ढुवानीका क्रममा असुरक्षा महसुस भएमा नेपाली सेनाको सवारी साधनले सुरक्षा स्कर्टिङ गर्न सक्ने उनले जानकारी दिए।

उनले भने, ‘निर्वाचनका लागि चाहिने सबै सामाग्री सबै ठाउँ पुगिसकेको छ। मतदानपछिको मतपेटिका नेपाली सेनाले लिने भन्ने जुन भाष्य सिर्जना भएको छ यस्तो होइन। एकीकृत सुरक्षा योजनामै स्पष्ट लेखिएको छ, मतदान भइसकेपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ। त्यतिखेर पनि मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन। तर मतपेटिका ल्याउँदा असुरक्षा भयो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ।’

भोलि अर्थात् फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना