२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धादिङको ज्वालामुखी ५ मा मतदान सुरु, ९५ वर्षीया धनमाया अधिकारीले हालिन् पहिलो मत

२०८२, २१ फाल्गुन बिहीबार ०७:१२

धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ स्थित सुनछायाँ मतदान केन्द्रमा आज बिहान मतदान प्रक्रिया सुरु भएको छ। मतदानको सुरुवात ९५ वर्षीया धनमाया अधिकारीले आफ्नो मताधिकार प्रयोग गर्दै गरेकी हुन्।

जेष्ठ नागरिक धनमाया अधिकारीले मतदान गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी भएपछि मतदान केन्द्रमा उपस्थित मतदाताहरूले उत्साह व्यक्त गरेका थिए। स्थानीय मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन्।

मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा आईरहेका छन् । मतदानलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन प्रहरीले सुरक्षा पहरा दिएका छन् । स्थानीय बासिन्दा, वृद्धवृद्धा, महिला तथा युवा मतदाताहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन थालेका छन्। मतदान स्थलमा लाइनबद्ध तरिकाले मतदाताहरूलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन सम्बन्धित निकायले विशेष ध्यान दिएको बताइएको छ। मतदाताहरूले आफ्नो अमूल्य मताधिकार प्रयोग गरी योग्य उम्मेदवार चयन गर्ने अपेक्षा गरिएको छ। मतदान साँझसम्म लाइनमा बसेकहरूले नहाल्दासम्म जारी रहने दलिय सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना