काठमाडौँ | प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–२ मा नेकपाका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म गणना भएको रुविभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ को ४ हजार २०७ मतमध्ये नेकपाको तर्फबाट उम्मेदवार बनेका राम बहादुर भण्डारीले ३२१ मत पाएका छन् भने उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले पछ्याइरहेका छन् ।
रास्वपाका श्रेष्ठले २१३ मत पाउँदा एमालेका उम्मेदवार धनबहादुर घलेले ९८ र कांग्रेसका उम्मेदवार रमेश धमलाले ५० मत पाएका छन्।