काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अमरेशकुमार सिंहको अग्रता बढ्दै छ । उनले दुई हजार ४७ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले एक हजार ७१४ मत ल्याएका छन् । उनी अमरेशभन्दा एक हजार ३३ मतान्तरले पछि परेका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन् । जनमत पार्टीका उमेदवार राकेशकुमार मिश्र २६ मतसहित चौथो स्थानमा छन् ।