काठमाडौँ | प्रतिनिधि सभा सदस्यको बिहीबार १६५ सिटका लागि भएको निर्वाचनमा ४१ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३२, नेपाली कांग्रेसले ५,नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट चुनाव जितेका छन् । उनी निवर्तमान शिक्षा मन्त्री हुन् । मतगणना जारी रहेका स्थानमा रास्वपा ८७ स्थानमा अगाडि छ । नेपाली कांग्रेस १०, नेकपा एमाले १०, नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि रहेको छ ।
त्यस्तै श्रम संस्कृति ५ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।