२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ

२०८२, २३ फाल्गुन शनिबार १६:३७

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन् । लमजुङ प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिकृया दिँदै उनले भने, ‘उहाँहरुको दुई तिहाई बहुमत आउला जस्तो छ । यो नै हाम्रो मुलुकको लागि समस्या हुन सक्छ ।’

उनले प्राप्त मतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न सुझाएका छन् । ‘संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ । संघीयता खारेज गर्न खोज्या हो कि ? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ ।’ गुरुङले यसपालिको निर्वाचनमा मतदाताले एजेण्डालाई नभई नयाँको नाममा मात्रै मत दिएको प्रतिक्रिया दिएका छन् । ‘हरेक निर्वाचनको आफ्नो एजेण्डा हुन्छ । राष्ट्रियता, विकास, सुशासन र संविधान सम्बन्धी आफ्नो दलको धारणा हुन्छ,’ उनले अघि थपे, ‘तर, यसपटकको निर्वाचनमा जनताका समस्या समाधानको कुरा कहिल्यै उठेन । विकास र सुशासनको एजेण्डा के हो भन्नेमा कुनै छलफल भएन । खालि नयाँ भनेर मात्रै पुग्दैन ।’

उनले संविधान कार्यान्वयन र राष्ट्रिय मुद्दाहरूमा सबै दलहरूको सहमतिका आधारमा मात्र निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना