काठमाडौँ | सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी (माटो) का उम्मेदवार हर्कराज साम्पाङले ४ हजार मतको अग्रता बनाएका छन् ।
उनले हालसम्मको मतगणनाअनुसार १२ हजार ६८३ मत प्राप्त गरिसकेका छन् । यहाँ निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङ सरिनले ८,४९८ मत प्राप्त गरेकी छन्। उनी २०७९ को चुनावमा पनि जसपाका अशोक राईसँग पराजित भएकी थिइन् ।