काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार, श्रेष्ठ २६ हजार १ सय ४५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २ सय ७९ मत प्राप्त गरे । श्रेष्ठ र धमलाबीच ५ हजार ८ सय ६६ मतान्तर रहेको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार धनबहादुर घले १० हजार ८४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यसअघि धादिङ क्षेत्र नम्बर १ मा पनि रास्वपाकै उम्मेदवार आशिका तामाङ विजयी भइसकेकी छन् ।