2026-08-31 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका मतदाता तीन लाख ५४ हजार

कात्तिक १, चितवन (रासस) | गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका तीन लाख ५४ हजार ३६ जनाले मतदान गर्न पाउने भएका हुन् । 

स्थानीय तहको निर्वाचन हुँदा जिल्लामा तीन लाख १३ हजार दुईजना मतदाता रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई निर्वाचन आयोगले अन्तिम रुप दिँदै नामावली पठाएसँगै चितवनको मतदाता विवरणको टुंगो लागेको हो । 

स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३४ बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । 

चितवनमा प्रतिनिधि सभा तर्फ सबैभन्दा बढी क्षेत्र नं ३ मा मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं ६, ८, ९, १३ देखि २८ र माडी नगरपालिका रहेकाले मतदाताको संख्या बढी भएको हो । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् । 

यस्तै क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् । 

क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन् । 

चितवनमा पुरुषको तुलनामा महिला मतदाता बढी देखिएका छन् । जिल्लामा कुल एक लाख ६९ हजार ९६५ मतदाता पुरुष छन् भने एक लाख ८४ हजार ६९ मतदाता महिला छन् । यस्तै जिल्लामा एकजना मात्रै तेस्रो लिंगी मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान