2026-09-18 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगे जनताको शिर झुकाउने काम गरिनँ र गर्दिनँ : यज्ञराज सुनुवार

कात्तिक ३, ओखलढुंगा । एमाले नेता यज्ञराज सुनुवारले आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरेका छन् । साझासबालसँग कुरा गर्दै एमाले केन्द्रिय सदस्य समेत रहेका युवा नेता सुनुवारले २०७० को संबिधानसभा निर्वाचनमा मतदान गरि ओखलढुंगे जनताले दिएको जिम्मेवारी कुशलता पूर्वक पुरा गरेको दावी गरेका हुन् । 

आफ्नो ४ वर्षे कार्यकालको समिक्षा गर्दै सुनुवारले भने –‘निर्वाचित भएपछि संधै देश र जनता प्रतिको जिम्मेवारीले चिन्तीत बनायो,कयौं रात अनिदो बिते,सयौं दिन भोक लागेको पत्तो भएन’ उनले भने ‘देशको निकासका लागि संबिधान निर्माण र जिल्लाको विकासका लागि विकासे काममा मैले अरु कोही भन्दा कमि गरेको छैन,त्यो मैले भनि बस्न पर्दैन सबैलाई थाह छ ।’ निर्वाचन क्षेत्र विकास कोषको रकम र अन्य स्रोत जुटाएर जनताको माग र आवश्यकता पुरा गरेको उनको दावी छ । 

आफुले जनताको शिर झुकाउने कुनै काम नगरेको उनले बताए । ‘कहिल्यै हाम्रो नेता र माननीयले यस्तो खराब काम ग¥यो भन्ने अवस्था आउन दिइनँ’ उनले भने ‘ओखलढुंगे जनताले शिर झुकाउनुपर्ने काम हिँजो पनि गरिनँ र भोलि पनि गर्दिनँ, अझै धेरै कामहरु बाँकी छन् ति आगामी दिनमा गरिन्छ ।’ ओखलढुंगामा सडक सँगै अन्य पूर्वाधारको विकासका महत्वपूर्ण कामहरु आफ्नो कार्यकालमा भएको सुनुवारको दावी छ । 

सुनुवार आगामी निर्वाचनमा ओखलढुंगाबाट फेरि चुनाव लड्दैछन् । बाम गठबन्दनका तर्फबाट संघिय संसदका लागि उनि चुनावी मैदानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई