काठमाडौँ | राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने लागि तय भएकाे छ । बिहीबारको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति घाेषणा गरेका हुन् ।
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन २३ चैत र विषयगत समितिका सभापतिको निर्वाचन २४ गते गर्ने कार्यतालिका तय गरिएको अध्यक्ष दाहालले जानकारी गराए ।
राष्ट्रियसभाको अर्को बैठक २२ चैत आइतबार १२ बजेर १५ मिनेटमा बस्नेछ ।