2026-07-25 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अजयकुमार साह | कात्तिक ९, उदयपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज विहिबार उदयपुरमा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एक साथ आज विहिबार स्थापना गर्ने कार्यतालिका रहेको छ । उदयपुरमा समेत समन्वय समितिको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला मुख्य न्यायाधिश तेजेन्द्र प्रसाद शर्माले निर्वाचनलाई परिवर्तन व्यवस्थापनको संज्ञा दिदै यसलाई प्रयोगमा ल्याउन र सफल तुल्याउन सम्पूर्ण सरोकारवालाहरुको सहयोग र समन्वय आवश्यक रहेको बताए । 

प्रमुख निर्वाचन अधिकृत शर्माले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आज कार्यालय स्थापना भईसकेको हुँदा आजै देखि कामाकाज तदारुकता साथ अगाडी बढ्ने जानकारी गराए । उनले कार्यालयमा आजै पदभार सम्हालेकाछन् । 

जिल्लामा दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रहरु कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र तोकिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं.२ अन्तर्गत समेत दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र तोकिएको छ । 

निर्वाचन क्षेत्र नं. १ का लागि जिल्ला न्यायधिश शर्मालाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ भने क्षेत्र नं.२ का लागि सर्वोच्च अदालतबाट निर्वाचन प्रयोजनका लागि खटिएका उपसचिव शन्देश श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । 

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष खडग बहादुर परियारले जिल्लामा स्थानिय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको उदाहरण दिदै सोही प्रकारले सवै पक्षको समन्वयलाई ध्यानमा राखेर आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

समेत दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ भने पहिलो चरणको चुनाव मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । सो चुनावका लागि मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भईसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर कार्कीले बताए ।

जिल्लामा २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो । अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खडकाले जानकारी गराए । 

तश्विरमा: उदयपुर समन्वय समिति परिसरमा विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तस्विरः अजयकुमार साह(साझा सवाल), उदयपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ