2026-07-27 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो: प्रचण्ड

कात्तिक १३, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले सोमबार चितवनमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताउनुभयो । 

उहाँले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताउनुभयो । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उहाँले बताउनुभयो । 

पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताउनुभयो । 

नेपाली कांग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले कांग्रेससँगको सहकार्य नतोडिएको बताउनुभयो । कांग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उहाँले भन्नुभयो, ‘देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको सुरुवात हामीले गरेका छौं ।’  

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उहाँले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताउनुभयो । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उहाँको भनाइ थियो । 

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो ‘यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।’ उहाँले अगाडि थप्नुभयो ‘यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।’ 

विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भन्नुभयो ‘शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।’ 

उहाँले अगाडि थप्नुभयो ‘पार्टीको तर्फबाट पनि र राज्यको तर्फबाट पनि घटनाका घाइतेलाई मैले सक्दो सहयोग गरेको छु ।’ घटनामा संलग्नलाई पार्टीले कारबाही गर्छ भनेको स्मरण गर्दै दाहालले घटनाका दोषीलाई पार्टीले कारबाही गरिसकेको बताउनुभयो । 

चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले सोमबार साँझ एमाले अध्यक्ष केपी ओली र आफूबिच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी निश्चित भइसकेको उहाँले बताउनुभयो । 

निर्वाचन नहुने भन्ने शंका अव नगर्न आग्रह गर्दै उहाँले निर्वाचन आयोगले दुईवटा मतपत्र प्रयोग गर्ने भनिसकेपछि अव समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब निर्वाचनको बारेमा कुनै संशय बाँकी छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली