२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

१४ कार्तिक २०७४, मंगलवार ०१:४०

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभातर्फ १६ सिट पाएको थियो ।

जसअनुसार एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । त्यस्तै कैलाली क्षेत्र नम्बर १ मा गरिमा शाह, क्षेत्र नम्बर २ कम झप्पड रावल र क्षेत्र नम्बर ५ मा नारदमुनी राना थारु उम्मेदवार बन्नेछन् । कैलालीको क्षेत्र नम्बर ३ र ४ मा माओवादीका उम्मेदवार हुनेछन् ।

कञ्चनपुरको क्षेत्र नम्बर २ मा नरबहादुर धामी र ३ मा प्रकाश भट्ट उम्मेदवार बन्नेछन् । कञ्चनपुर १ माओवादीले पाएको छ भने त्यहाँ नेत्रृ बिना मगर उम्मेदवार हुनेछिन् । यस्तै एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डोटीमा एमालेका प्रेम आले उम्मेदवार हुनेछन् ।

अछाम क्षेत्र नम्बर २ र डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ । यता प्रदेशतर्फ कैलाली १ ‘क’मा लालवीर चौधरी, २ ‘क’मा रतन थापा, ३ ‘ख’मा अमर साउद, ४ ‘क’ र ‘ख’मा क्रमसः दीर्घ सोडारी र कृष्ण सुवेदी तथा ५ ‘क’मा नेपालु चौधरी उम्मेदवार बनेका छन् । अन्य प्रदेशमा माअ‍ोवादीका उम्मेदवारलाई एमालेले सघाउनेछ ।

त्यस्तै कञ्चनपुर १ ‘क’ र ‘ख’मा क्रमसः तारा लामा तामाङ र मर्यादा विष्ट उम्मेदवार छन् भने २ ‘ख’मा लालबहादुर खड्का र ३ ‘क’मा प्रकाश रावल उम्मेदवार छन् । यस्तै डडेल्धुरा प्रदेश ‘क’मा पठानसिंह बोहोरा र ‘ख’मा डा. तारा जोशी उम्मेदवार छन् । डोटीमा ‘क’मा प्रदेशसभातर्फ चक्र मल्ल उम्मेदवार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला