पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेक"/>
2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

रामहरि खतिवडाको अपिल ‘मन लागे मत दिनुस् नत्र नदिनुस्’

पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेका छन् । खिजीदेम्बा गाउँपालिका स्थित रगनीबाट चुनावी अभियानको सुरुवात गर्दै खतिवडाले संघ र प्रदेशसभा अन्तरगतका दुवै क्षेत्रमा कांग्रेस विजयीहुने दावी गरेका हुन् । 

रगनी स्थित चण्डेश्वरी माविको निर्माणाधीन भवनको परिषरमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसको संघ तर्फका उमेद्वार समेत रहेका खतिवडाले खिजीदेम्बा कांग्रेसको गढ क्षेत्र भएकाले आफुले अभियान यहिँबाट सुरु गरेको बताए । ‘मैले पनि अरुको तुलनामा कम काम गरेको छैन, मेरो कामलाई कसरी लिनुभएको छ, त्यो बुझ्न र भोट माग्न आएँ’ मतदाता माझ निकै नरम स्वभावले प्रस्तुत हुँदै उनले भने‘मन लागे मत दिनुस् नत्र नदिनुस् ।’ 

लोकतन्त्रमा दल र उमेद्वार रोज्ने अधिकार जनतालाई रहेको भन्दै आफ्नो अधिकार प्रयोग गरेर योग्य नेता छान्न स्थानीयलाई सुझाए । अरुबेला निकै विपक्षीको विरोध गर्ने खतिवडाले यस पटकको चुनावी अभियानमा अलि फरक शैली अपनाएका छन् । म कुनै पार्टी र नेताको विरोध गर्दिनँ भनेर भाषण सुरु गरेका खतिवडाले आफुले जिल्लाको विकासका लागि गरेको काम बारे बताउन अधिकांश समय खर्चिए । कांग्रेसका प्रदेश क का उमेद्वार मित्रसेन दाहाल, कांग्रेस उपसभापति तेजेन्द्र खनाल, सचिव नबराज केसी,प्रवत्ता राजकुमार ढुंगाना सहितका नेताले कार्यक्रम सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई