२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाग्लुङमा बामगठबन्धनसँग एक्लै भिड्दै काँग्रेस, नराम्रोसँग पछारिने निश्चित यस्तो छ आकलन- भिडियो सहित

१४ कार्तिक २०७४, मंगलवार १०:०३


पर्वत । बाग्लुङमा बामगठबन्धनसँग  नेपाली काँग्रेस एक्लै भिड्ने भएको छ । चुनावी तालेमलका क्रममा जनमोर्चासँग तालेमेल गर्ने नेपाली काँग्रेसको रणनीति भएपनि सफल हुन नसकेपछि एक्लै भिड्न लागेको हो । बाग्लुङमा जनमोर्चा निर्णायक शक्ति हो । तीन ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रनै भएपनि जनमोर्चा बाग्लुङमा निर्णायक छ जसका कारण जनमोर्चाको साथ जुन पक्षसँग देखिन्छ त्यहि पक्ष बलियो हुने सम्भावना पनि उत्तिकै छ । जनमोर्चाले माओवादी एमालेको बामगठबन्धनसँग हात मिलाएपछि नेपाली काँग्रेस एक्लै भिड्न बाध्य भएको हो ।

एमाले माओवादी गठबन्धनले मात्रै नेपाली काँग्रेस बाग्लुङलाई पछार्न निकै कठिन थियो तर बामगठबन्धनसँग जनमोर्चाले हात मिलाएपछि भने अब नतिजा बामतिर सर्ने देखिएको छ । जनमोर्चाको साथ पाएको बामगठबन्धनलाई नेपाली काँग्रेसलाई हराउनको लागि अब भने खासै चुनौती देखिदैन । बाग्लुङमा रहेका राजनीति शक्तिहरुको पुरानो अबस्थाका आधारमा हामीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विश्लेषण गर्ने कोसिस गरेका छौं ।

पुरानो अवस्था कस्तो छ ?

बाग्लुङ यस्तो जिल्ला हो जहाँ २०४८ र २०५१ सालको चुनावमा स्वतन्त्र उमेदवार विजयी भएका थिए । २०५४ सालको चुनावमा दुई क्षेत्र जनमोर्चा र एक क्षेत्रमा कांग्रेस विजयी भएको थियो ।

त्यसपछि भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका रामजीप्रसाद शर्मा, २ मा चित्रबहादुर केसी र तीन नम्बर क्षेत्रमा कांग्रेसका नरबहादुर विजयी भएका थिए ।

दोस्रो संविधानसभाको नतिजालाई हेर्दा बाग्लुङका ३ क्षेत्रमा कांग्रेस नै विजयी भयो । ०७० को उक्त निर्वाचनमा क्षेत्र नं १ बाट कांग्रेसका हरिबहादुर खड्का, प्रकाश शर्मा पौडेल र ज्ञान कुमारी छन्त्याल विजयी भएका थिए ।

सो निर्वाचनमा तीन बामपन्थी दल छुट्टा छुट्टै चुनाव लड्दाको फाइदा उठाउँदै आएको कांग्रेसलाई यो पटक भने दरै झड्का लाग्ने देखिन्छ ।

अहिलेको जनआधार ः स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचन नतिजा हेर्दा बागलुङमा छुट्टा–छुट्टै मत हेर्दा कांग्रेस अगाडि देखिन्छ । नयाँ संरचनाअनुसार दुई क्षेत्रमा खुम्चिएको यो जिल्लाको स्थानीय तहको नतिजाअनुसार पनि कांग्रेस अगाडि नै छ ।

तर, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेपछि उनीहरु कांग्रेसभन्दा दुई क्षेत्रमा नै बलियो अवस्थामा छन् । जिल्लामा एमालेले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाको १(क), माओवादीले क्षेत्र नं २ प्रतिनिधिसभा र प्रतिनिधिसभा २(क) लिएको छ । त्यस्तै, जनमोर्चाले प्रदेशसभा १(ख) र प्रदेशसभा २(ख) लिएको छ ।


हामीले वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा सो दलको वडा अध्यक्षका उमेदवारले प्राप्त गरेको मतलाई सो दलको ताजा मतका रुपमा लिएका छौं । जसमा एक्लै लड्दा दुबै क्षेत्रमा कांग्रेस बलियो देखिएपनि तीन बाम एक ठाम हुँदा कांग्रेसलाई गाह्रो मात्रै होइन चुनाव जित्न महाभारत नै हुने देखिन्छ ।

क्षेत्र नं १ ः बाम गठबन्धन ६ हजार मतले अगाडि

क्षेत्र नं १ अन्तर्गत बाग्लुङ नगरपालिका, जैमनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपाकिला गरी चार स्थानीय तह पर्दछन् । यो क्षेत्रमा एकल मतका आधारमा कांग्रेस बलियो भएपनि गठबन्धन हुँदा बामको पक्षमा २८ हजार ८०० मत छ भने कांग्रेस र राप्रपाको मत जोड्दा २२ हजार ६१९ मत हुन आउँछ ।

कांग्रेसभन्दा ६ हजार  बढी मतले अगाडि रहेको बाम गठबन्धनको तर्फबाट क्षेत्र नं १ बाट एमालेका डा. सूर्य पाठक उमेदवार बनेका छन् भने कांग्रेसको तर्फबाट सहकारी राज्यमन्त्री चम्पा देवी खड्का उमेदवार बनेकी छन् ।

प्रदेशसभातर्फ १ (क) मा बाम घटकबाट एमालेका इन्द्रलाल सापकोटा, जनमोर्चाका कृष्ण थापा उमेदवार बनेका छन् । कांग्रेसबाट दिपेन्द्र बहादुर थापा र प्रकाश पौडेल उमेदवार बनेका छन् ।

जहाँ  नेपाली काँग्रेसको २२ हजार १ सय ८७ मत  छ भने एमालेको १७ हजार ४ सय ३६ मत, माओवादीको २ हजार १ सय ९० मत, राष्ट्रिय जनमोर्चाको ९ हजार १ सय ७४ मत छ । बामगठबन्धनको कुल मत २८ हजार ८ सय हुन्छ जून नेपाली काँग्रेस माथि भारी हो । राप्रपा नेपालले प्राप्त गरेको ४३२ मत नेपाली काँग्रेसमा जोड्दा पनि काँग्रेससँग २२ हजार ६ सय १९ मत हुन पुग्छ  । जून बामगठबन्धनकालाइ जित्नको लागि प्राप्त छैन ।

 क्षेत्र नं २ ः एक्लै बलियो कांग्रेसलाई गठबन्धन तगारो

जिल्लाको क्षेत्र नं २ अन्तर्गत गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका रहेका छन् ।

यो क्षेत्रमा एकल मतका आधारमा कांग्रेस तुलनात्मक रुपमा निकै बलियो अवस्थामा देखिन्छ । बाम तालमेलले गर्दा गठबन्धनको पक्षमा २७ हजार ८०१ मत छ भने कांग्रेसको पक्षमा १७ हजार २२० मत देखिन्छ ।

नतिजा स्थानीय तहको निर्वाचनकै आधारमा नभएपनि यसको प्रभाव हुन्छ नै । यो क्षेत्रमा गठबन्धनको तर्फबाट हालै नयाँ शक्तिबाट माओवादीमा फर्केका नेता देवेन्द्र पौडेल उमेदवार बन्दैछन् भने कांग्रेसबाट नरबहाुदर पुन उमेदवार छन् ।

प्रदेशसभा तर्फ गठबन्धनबाट क्षेत्र नं २(क) मा माओवादीका चन्द्रबहादुर बुढा मगर उमेदवार छन् भने २(ख) मा जनमोर्चाका टेकबहादुर घर्तीलाई अगाडि सारिएको छ । त्यस्तै, कांग्रेसबाट प्रदेशलाई २ (क) बाट मञ्जेश बम मल्ल र २(ख) मा जीत शेरचन उमेदवार बनेका छन् ।

नेकपा एमालेको ७,५६४ मत, माओवादीको  १२,०९८, राष्ट्रिय जनमोर्चाको ८,१३९ मत जोड्दा बामगठबन्धनको कुल  २७,८०१ हुन पुग्छ भने नेपाली कांग्रेसको १७,०१३ मत रहेको छ । काँग्रेसको मतमा राप्रपाको २०७ मत जोड्दा काँग्रेससँग १७,२२० पुग्छ जून बाम गठबन्धनको भन्दा ५५८१ मतले कमी हो ।

 प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरण अन्तरगत बाग्लुङमा चुनाव हुदैछ । 

गत स्थानीय तहको निर्वाचनमा बाग्लुङमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । नेपाली काङ्ग्रेसले ४० हजार ८ सय ७३ मत ल्याएको थियो भने नेकपा एमालेले २७ हजार २ सय ७२ र माओवादी केन्द्रले ११ हजार ७ सय ४७ मत ल्याएको थियो । यस्तै तेस्रो दल बनेको राष्ट्रिय जनमोर्चाले १६ हजार ५ सय १४ मत ल्याएको थियो ।

 यस आधारमा यहाँ माओवादी केन्द्र र नेकपा एमालेको मत एकै ठाउँमा मिसाउँदा ३९ हजार १९ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ सय ५४ मत कम हो । यहाँ राष्ट्रिय जनमोर्चाको पनि राम्रो मत १५ हजार भन्दा बढी छ । जसका कारण बामगठबन्धनतिर स्पष्टरुपमा बलियो मत देखिएको छ ।  आगामी निर्वाचनका बाग्लुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाताले मतदान गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली