२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादि केन्द्रका नेता साउदको समर्थनमा एमाले उपाध्यक्ष रावलद्धारा मनोनयन दर्ता

१६ कार्तिक २०७४, बिहीबार ११:५७

कमल रावल| कात्तिक १६, अछाम | आगामि मंसिर २१ गते हुुने प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि अछाम जिल्लामा दलहरुले मनोनयन दर्ता गराएका छन् । बिशेषदत अछाममा मुख्य प्रतिस्पर्धि दलहरु बामपन्थी नेकपा एमाले, माओवादि केन्द्र तथा नेपाली काग्रेसले बृहत रुपमा मंगलसेन बजारमा आफनो पार्टीको शक्ति प्रदर्शन सहीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर मनोनयन दर्ता गराएका छन ।


जिल्ला निर्वाचन कार्यालय अछामले उपलब्ध गराएको दिउसो १ बजे देखि ३ भित्रै बामगठबन्धनका उम्मेद्धारले मनोनयन दर्ता गराएका छन । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि एमाले केन्द्रिय कमिटी उपाध्यक्ष उपाध्यक्ष भिम रावलले एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरको प्रस्ताव तथा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य झकर साउदको समर्थनमा उम्मेद्धारि दर्ता गराउनुु भएको हो । अछाम क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका लागि एमाले अछामका सचिव यज्ञ बहादुर बोगटीले पार्टी जिल्ला उपाध्यक्ष नन्द बहादुर कडायतको प्रस्ताब र माओवादि केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर रावतको समर्थनमा उम्मेद्धारि दर्ता गराउनुु भएको छ ।

बामगठबन्धनको तर्फका प्रदेश सदस्यका लागि क्षेत्र नम्बर १ को क बाट नेकपा एमालेको तर्फबाट गोबिन्द कुवर, ख बाट नेकपा माओवादि केन्द्रको तर्फबाट झपट बोहरा, क्षेत्र नम्बर २ को क बाट नेकपा माओवादि केन्द्रको तर्फबाट अँकल रावल, ख बाट नेकपा एमालेको तर्फबाट बल बहादुर सोडारिको उम्मेद्धारि दर्ता भएको छ । ३ बजे पछी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर नेपाली काग्रेसले मनोनयन दर्ता गराएको छ । प्रतिनीधी सभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट नेपाली काग्रेस अछामका सभापती भरत कुमार स्वार, क्षेत्र नम्बर २ बाट पुर्व पार्टी सभापती पुुष्प बहादुर शाहले उम्मेद्धारि दर्ता गराउनुु भएको छ ।

प्रदेश तर्फ अछाम क्षेत्र नम्बर १ को क बाट मेघरजा खडका, ख बाट टेक बहादुर साउद, क्षेत्र नम्बर २ को क बाट सुरत बिष्ट र ख बाट बल बहादुर कुुवरलको मनोनयन दर्ता भएको छ । त्यसैगरि अन्य केही साना दलले समेत प्रतिनीधी र प्रदेश सभाका लागी उम्मेद्धारि दिएका छन । निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल मजदुर किसान पार्टी अछामका अध्यक्ष झकर बहादुर शाही र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट तिर्थराज ढकालले उम्मेद्धारि दर्ता गराएका छन । त्यसैगरि प्रदेश अन्र्तगत क्षेत्र नम्बर २ को क बाट नेपाल मजदुर किसान पाटीका पदम बहादुर बुढा, नेकपा मालेका दिल बहादुर बिष्टको उम्मेद्धारि दर्ता भएको मुख्य निर्वाचन कार्यालय अछामले जनाएका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य