2026-09-08 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा मनोनयन दर्ता, टेक बहादुरको विरुद्ध उमाकान्त

कात्तिक १६, सल्यान । दोस्रो चरणमा हुने संघ प्रदेशको निर्वाचनका लागि आज मनोनय दर्ताको दिन सल्यानमा विभिन्न राजनीतिक दल तथा व्यक्तिहरुले मनोनयन दर्ता गरेका छन । 

दलहरुको मनोनयनमा २ वाम शक्ति एमाले र माओवादी अनी नेपाली काग्रेश र राप्रपा शक्ति प्रदर्शनका साथ मनोनय दर्ता गरेका छन । 

जिल्लामा पहिलो पटक नेकपा मालेले मनोनयन दर्ता गरेको छ । त्यस्तै राष्ट्रिय जनमुक्तिीले पनि मनोनयन दर्ता गरेको छ । जिल्लामा काग्रेशले पनि एक शक्ति प्रदर्शनका साथ मनोनयन दर्ता गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दु धर्म झल्किने पहिचान प्रदर्शन गर्ने कार्यकर्तालाई पहिराएर मनोनयन दर्ता गरेको छ । 

काग्रेशबाट केन्द्रमा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको उम्मेद्वारी परेको छ भने प्रदेशमा एकराज डिसी र डिल्ली रेग्मीको उम्मेद्वारी परेको छ । 

जिल्लामा वाम एलाइन्समा केन्द्रमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतको उम्मेद्वारी परेकोछ भने प्रदेशमा एमालेका गुलावजंग शाह र प्रकाश ज्वालाको उम्मेद्वारी परेको छ । 

बाम एलान्समा पर्ने माओवादी केन्द्रले उमाकान्त शर्माको नेतृत्वमा पनि स्वतन्त्र भन्दै बागि उठेका छन । जसमा प्रदेश तर्फ क्षेत्र नं. १ भिम प्रकाश शर्मा र क्षेत्र नं. २ मा जित बहादुर पुनले उम्मेद्वारी दिएका छन । 

उम्मेद्वारी दिइसकेपछि पत्रकारसंग कुराकानी गर्दै उमाकान्त शर्माले जनताले पठाएकाले उम्मेद्वारी दिन आएको भन्दै जनताको आकांक्षा अनुसार आएकाले जुनसुकै राजनीतिक दल आएपनि आफुहरुले जित्ने सुनिश्चित भएको बताएका छन । 

राप्रपाले केन्द्रमा गणेश भण्डारी र प्रदेश तर्फ बालाराम शर्मा र राजेन्द्र विर राइको उम्मेद्वारी परेको छ । नेकपा मालेमा केन्द्रमा बल बहादुर गिरी प्रदेशमा टेप बहादुर रोका र हिमलाल बुढाथोकीको उम्मेद्वारी परेको छ ।  

राष्ट्रिय जनमुक्ति पार्टीमा केन्द्रमा खड्क बहादुर पुन तथा प्रदेशमा २ तर्फ डण्डविर पुनको उम्मेद्वारी परेको छ । 

– अस्मीता गिरी | रेडियो तहल्का, सल्यानको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ