2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा १० मतदान केन्द्र र १० हजार मतदाता थपिए

कात्तिक १७, धनकुटा । दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ । 

जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ । तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार जिल्लामा नौ हजार ८१६ जना मतदातासमेत थप भएका छन् । आगामी मंसिर २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरी धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता लागू भएको बारेमा जानकारी दिएको छ भने सुरक्षा संवेदनशीलता पहिचान गरी कडा सुरक्षा व्यवस्था गरिने समेत जनाएको छ । 

निर्वाचन आचारसंहितामा यसपटक थपिएको विषयमा उम्मेदवारको नाममा रंगीन पर्चा, टिसर्ट, टोपी, ट्याटु लगायतका प्रचार सामग्री निषेध गरिएको आचारसंहितामा उल्लेख छ । 

धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको भेलामा प्रतिनिधि सभामा एक क्षेत्र र प्रदेश सभाका लागि दुई क्षेत्र निर्धारण गरी निर्वाचन घोषणा सँगै दलहरुलाई आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई