2026-08-27 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बागी उम्मेदवारी हालेपछि गठबन्धन संकटमा

कात्तिक १७, उदयपुर । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका छन् । उदयपुरको प्रतिनिधि सभाका लागि क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधि सभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवालले समेत बागी उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै, क्षेत्र नं २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

यता प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्की समेत बागी उम्मेदवार बनेको वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतले बताउनुभयो । 

जिल्लाको बेलका चौदण्डी क्षेत्रमा वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका एमाले जिल्ला नेता बिमल कार्कीविरुद्ध एमालेकै जिल्ला नेता कुशलबाबु बस्नेतले बागी उम्मेदवारी हालेका छन् । 

नेपाली काँग्रेसमा भने बेलका चौदण्डी क्षेत्रको प्रदेशसभाको सदस्यका आधिकारिक उम्मेदवार बनेका पार्टी जिल्ला सभापति बिदुर बस्नेतविरुद्ध अर्का जिल्ला नेता प्रशान्त राईले बागी उम्मेदवार हालेको नेपाली काँग्रेस, उदयपुरले बताएको छ । 

उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरेको भए तापनि एकले अर्काविरुद्ध बागी हालेपछि वाम गठबन्धन संकटमा आएको स्वयं एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र माओवादी केन्द्रका जिल्ला नेता राजन किराँतीले बताउनुभएको छ । 

बागी उम्मेदवारले आफुहरुले पार्टीबाट जस्तोसुकै सजाय भोग्न परेपनि नाम मनोनयन दर्ता फिर्ता नगर्ने धारणा एक बागी नेता जीवन कार्कीले बताउनुभयो । बिहीबारको दिनभरिमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे उदयपुरमा गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने समेत जिल्लाका पुराना वाम नेता ज्ञानबहादुर बस्नेतले बताउनुभयो । 

उदयपुरमा बिहीबार बेलुकी सम्ममा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार दर्ता भएको छ भने प्रदेश सभाका लागि ३९ जनाले नाम दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएको छ भने १६ राजनीतिक दलले सहभागिता जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’