2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा काँग्रेसका दर्जन बढी नेता कारबाहीमा (विज्ञप्ती सहित)

१७ कात्तिक,ओखलढुंगा । बागी उम्मेद्वार सहित दर्जन बढी आफ्ना नेतालाई ओखलढुंगा काँग्रेसले कारबाही गरेको छ । उनिहरुलाई कम्तिमा १० वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको हो । प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ मा बागी उम्मेद्वारी दिएका तरुण दलका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ज्ञानेन्द्र रुम्दाली र उहाँका सहयोगीहरुलाई कांग्रेसले कारबाही गरेको हो ।

आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कांग्रेस ओखलढुंगाले विद्रोह गर्नु गलत भएको भन्दै आफ्ना नेताहरुलाई कारबाही गरेको हो । पार्टी केन्द्रको निर्देशन अनुसार उहाँहरुलाई कारबाही गरिएको नेपाली कांग्रेस ओखलढुंगाका सचिव रुद्र प्रसाद अधिकारीले बताउनुभयो । कारबाही पर्नेमा महाधिवेशन प्रतिनिधिहरु रामजी बास्तोला, कमल तामाङ लगायतका प्रभावशाली नेताहरु रहेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेताहरुले विद्रोह गर्नु गलत भएको बताएका थिए । कांग्रेस नेता तथा पूर्व सांसद चन्द्रकान्त दाहालले पार्टी हराउने अभियानमा बागी बन्ने र बनाउनेलाई कारबाही गरिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सभापति समेत रहेका नेता जयबहादुर श्रेष्ठले कांग्रेसलाई संकटमा पार्ने काम गरेकाले कारबाही गरिएको बताउनुभयो । पार्टीले कारबाहीको घोषणा गरेका नेताहरु केही समय अघि देखि नै स्वतन्त्र उमेद्वारको चुनावी अभियानमा लागेका छन् । 

हेर्नुहाेस् विज्ञप्ती 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई