२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सर्वदलिय बैठक

२०७४, १७ कार्तिक शुक्रबार १४:०२

कात्तिक १७, अछाम | प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सर्वदलिय बैठक जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न भएको छ । गाउपालिका तथा नगरपालिकाका प्रमुख, बजार ब्यबस्थापन समिती, राजनीतिक दल र अन्य सरोकारवाला हरुसंग बैठक गरिएको हो । 

निर्वाचन आचार संहिताको सहि रूपमा पालना गर्न गराउन आ आफनो तर्फबाट प्रतिबद्ध रहेको सहभागिले प्रतिबद्धता जनाएका थिइ । बैठकमा अछाम जिल्लामा ४ वटै नगरपालिकाका नगर प्रमुुख र गाउपालिकाका अध्यक्ष्यले आयोगको निर्णय बमोजिम स्थानीय तहमा रहेका सम्पूर्ण स्रोत र साधनहरु लाई कुनै पनि राजनीतिक दलको पक्ष बिपक्षमा प्रयोग नगर्ने, १ हप्ता भित्र सबै तहमा सुरक्षा ब्यबस्थापन मिलाईसक्र्ने, मसिर १ गते देखि चुनावको अन्तिम मत परिणाम नआउन्जेल सम्म मदिरा बिक्री वितरणमा रोक लगाउने, ईजाजत प्राप्त हात हतियारहरु चुनावको अन्तिम परिणाम नआउन्जेल सम्म प्रशासन कार्यालयमा बुझाउन लगाउने, बिग्रेका भौतिक पुर्वाधारहरुको तत्कालै सुधार गर्ने र चुनावको अन्तिम परिणाम नआउन्जेल सम्म कर्मचारीहरुको सरुवा बढुवा समेत रोक्ने प्रतिबद्धता जनाएका साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले बताउनु भयो । 

बैठकमा नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, नेकपा माओवादि केन्द्र अछामका सँयोजक झपट साउद, १० वटै स्थानिय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा, अछाम जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपाने, जिल्ला स्वास्थय कार्यलय अछामका जनस्वास्थ्य निरिक्षक झपट राज ढुंगाना, जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्ट, पत्रकार महासंघ अछाम शाखा सदस्य सुशील भण्डारी, रेडियो बान्निगढिका प्रमुख धनराज साउद लगायत सबै स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । बैठकको सहजिकरण प्रमुख जिल्ला अधिकारि किशोर कुमार चौधरीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ