पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्"/>
2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चुनाव जिते सरकारी सुबिधा नलिने अम्बिरबाबुको घोषणा

पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट ओखलढुंगा क्षेत्र नं. क मा उमेद्वार बन्नुभएका नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाबासी जनतालाई दिने घोषणा गर्नुभएको हो । 

मत माग्न मतदाता माझ जानेक्रममा भिजन समाचारसँग कुरा गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । आफु जिल्लाको विकास र रुपान्तरणका लागि निश्वार्थ समाजसेवा गर्ने उद्धेश्यले चुनावी मैदानमा आएको बताउँदै उहाँले चुनाव जितेर सांसद भएपछि आफुले पाउने सबै सुबिधा जिल्लाका गरिब र विपन्न जनताको नाममा पारदर्शी रुपमा खर्च गर्ने बताउनुभयो । 
ओखलढुंगा जिल्लालाई भ्रष्टाचारमुक्त जिल्लाको परिकल्पना गर्दै आफ्नो जीत भएमा विकासमा हुने सबैखाले भ्रष्टाचार नियन्त्रण गर्न कदम चाल्ने समेत उहाँले बताउनुभयो । उहाँले जनताको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो एजेण्डा हुने बताउनुभयो । शिक्षा,स्वास्थ्य,विद्युत,रोजगारी र नागरिकका दैनिक जीवनमा पर्ने हरेक समस्या समाधानमा नतिजा देखिनेगरि काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘मलाई के गर्छस् भनेर नसोधे हुन्छ, किनकी म ओखलढुंगे जनतालाई जहाँ जुनबेला जे आवश्यक पर्छ त्यो गर्छु ।’ गुरुङले भन्नुभयो ‘बाम गठबन्धनका पक्षमा मतदाता छन् त्यसैले जित निश्चित छ भन्नेमा पुगेको छु ।’ उहाँले गाउँमा उम्मेदवारका एजेण्डा भन्दा मतदाता नै एजेण्डा तयार गरेर बस्ने गरेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार मतदाताका एजेण्डा नसुनी आफ्ना एजेण्डा उनीहरुले नसुन्ने गरेको समेत पाईएको छ । 
चुनाव जितेमा आफुले तलब भत्ता नलिने घोषणा गर्ने गुरुङ ओखलढुंगाका एक मात्र उम्मेदवार हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई