चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘वाम एकता हैन, दाम एकता’: पोखरेल

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | आगामी आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र खोटाङको ‘वाम एकता नभै दाम एकता’ भएको नेपाली कांग्रेस खोटाङवाट प्रदेशसभा (क) का उम्मेद्वार उठेका सुवासकुमार पोखरेलले बताएका छन् । सञ्चार माध्यममा आएको ‘वाम’ भन्ने शब्दलाई निन्दा गर्दै चुनावी वहनामा केही समय कम्न्युष्ट पार्टीहरु एकता भएको, र त्यो २ वर्षभित्रमा च्यातिएर नामो निशान नरहने ठोकुवा गरेका छन् ।  

रुपाकोट मझुवागढी नगरपालिका वुईपा १४ स्थित पञ्चेदोवाटोमा चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेशसभाका उम्मेद्वार पोखरेलले खोटाङमा, कम्न्युष्ट पार्टीले २० वर्ष शासन गर्दा विकासको कुनै चपेटोसम्म देख्न नपाएको बताए । उनले भने ‘आफ्नो अमुल्य भोट दिएर सभासद तथा माननिय वनाईएकाहरुप्रति ईगिंत गर्दै आफ्नो विकासमा समेत वेवास्ता गरेका कयौं उदाहरणहरु हाम्रै समाजमा देखिएकाले अव, त्यस्तो गल्ती नदोर्याउँन वुईपावासीलाई अनुरोध गरे । “आफ्नो शुनिश्चित भविष्यको जिम्मा जनताकै हातमा भएको र त्यो मौकालाई दुरुपयोग नगर्न पञ्चेदोवाटोमा चुनावी सभामा उपस्थित जनतालाई आग्रह गरेका छन् ।”

कुनैपनि राजनीतिक दल तथा पार्टिको भ्रामक अफवाहमा आएका गतीविधिलाई चिर्न जनता आफै सजग हुन प्रष्ट पार्दै नेता पोखरेलले, “खोटाङमा भईरहेको अपुरो विकासको सुस्ततामाथी कडा निगरानी र विकासलाई सुस्त वनाउने जनताका सेवक भनि आखाँमा छारो लगाउँने माथी ठाडो प्रश्न गर्न खोटाङवासीलाई सचेत गराएका छन् ।”

कार्तिक १० बाहुनीडाँडाबाट थालेको चुनावीसभा शुक्रवार वुईपा पञ्चेदोवाटोमा समापन भएको चुनावी सभामा नेपाली कांग्रेस खोटाङका जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, युवा नेता सुमन आचार्य, जिल्ला कार्य समिति सदस्य प्रकाश कुमार श्रेष्ठ, प्रेमकुमार राई हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई लगायत जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई