२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा यस्तो हुँदैछ रोचक चुनाबी भिडन्त , तीन पटक चुनाब जितेका जोशीलाई यसरी हराउन सक्छन गिरीले

१८ कार्तिक २०७४, शनिबार ०२:३१

पर्वत /आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ ।

प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै गठबन्धनले आफ्नो पार्टी भित्रका बलिया उमेदवारलाई प्रतिष्पर्धामा उतारेपछि चुनाबी भिडन्त बिगतको तुलनामा रोचक र प्रतिष्पर्धात्मक हुने प्रारम्भिक अनुमान गरिएको हो ।
एक वटा मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधी सभाका लागि बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी चुनाबी प्रतिष्पर्धामा छन भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशी चुनाबी मैदानमा छन ।
सुरक्षा निकाय र स्वतन्त्र बिष्लेषकहरुले गरेको चुनाबी प्रतिष्पर्धाको आँकलनका आधारमा पर्वतको चुनाबी भिडन्त अत्यन्तै रोचक र प्रतिष्पर्धात्मक हुने देखिएको छ। गत स्थानिय तहको निर्वाचनको परिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस बाम गठवन्धनले प्राप्त गरेको मत भन्दा झण्डै ७ हजारले पछाडि छ भने २०७० सालको संबिधानसभा निर्वाचनको मत परिणामका आधारमा बाम गठबन्धन झण्डै १२ हजार मतले अघि छ । बाम गठबन्धनले आफ्नो मतलाई जोगाउन सक्ने हो भने लोकतान्त्रिक गठबन्धन का उमेदवार पराजित हुने निश्चित देखिन्छ । तर यसपटक एउटा मात्रै प्रतिनिधीसभा भएको मतदाता समेत धेरै थपिएका कारण परिणामका बारेमा ठोकुवा गर्न भने कठिन छ ।


बाम गठबन्धनबाट उमेदवार बनेका पदम गिरी पहिलो पटक संसदीय राजनितीमा प्रतिष्पर्धा गर्दैछन । युवाहरुका बिचमा असाध्यै लोकप्रिय छबि बनाएका एमाले अध्यक्ष गिरीलाई अन्य पेशा ब्याबसायी र सर्वसारणले समेत आशा लाग्दा नेताको रुपमा हेरिरहेका छन । उनी मुलुककै सबैभन्दा ठुलो पृथ्वीनारायण क्याम्पसको स्वबियु सभापति समेत भैसकेका कारण देश बिदेशमा रहेका युवाहरुले उनको पक्षमा ‘पर्वतले अब परिर्वतन चाहेको’ भन्दै प्रचारप्रसार थालेका छन । पर्वतबाट तीन तीन पटक प्रतिनिधीसभामा निर्वाचित भएका जोशी चुनाबी रणनिती बनाउने खेलाडी कै रुपमा परिचित छन । उनले पर्वतका दुई वटै निर्वाचन क्षेत्रमा स्थापित गराउने प्रयास यस अघि गरिसकेका छन । जोशीले जनजाति समुदायमा राम्रो प्रभाव पार्दै आएका थिए तर पछिल्लो समयमा जनजातिका बिचमा एमालेका अध्यक्ष गिरी पनि उत्तिकै लोकप्रिय छबि बनाएका छन । यसले गर्दा पर्वतको संबिधानसभा निर्वाचनमा गिरी र जोशीको भिडन्त रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।


यद्यपी गत स्थानिय चुनाबमा प्राप्त मत तथा बाम गठबन्धन भएको अवस्थामा जोशी भन्दा गिरी अगाडी देखिन्छन । जोशी तीन पटक सम्म परिक्षण भैसकेका नेता हुन भने उनले चौथो पटक आफ्नो बिजय यात्रा सुनिश्चित गर्न चाहन्छन, गिरी एक पटक पनि टेष्ट भएका छैनन । गिरी उमेरमा भर्खरै चालिसको दशकमा पाइला टेकेका युवा उमेदवार हुन भने जोशी ७० को दशकमा पाइला टेक्न थालेका उमेदवार हुन । जोशी तीन तीन पटक साँसद हुँदा मन्त्री बन्न नसकेको र जिल्लाको दिर्घकालिन रुपमा बिकासका खास योजना नबनाएको आरोप लाग्ने गरेको छ भने गिरीलाई जिल्ला अध्यक्ष भएपनि क्षेत्र नं २ मा कम प्रभाब भएको आरोप लाग्छ ।

नेपाली कांग्रेस र उसका समर्थकहरु पुरानो क्षेत्र नं २ मा एमालेका उमेदवार पदम गिरीको तुलनामा नेपाली कांग्रेसका उमेदवार जोशी बढी भूगोलमा परिचित भएका कारण चुनाब जित्न सहज भएको आँकलन गरिरहेका छन तर एमाले र गिरीका समर्थकहरु बाम गठबन्धन र गिरी आफै लोकिप्रय मतका साथ पुरानो क्षेत्र नं १ बाट मत लिएर जाने तथा पुरानो क्षेत्र नं २ मा पनि युवाहरु र सिंगो पार्टी पंक्ती जिल्ला अध्यक्ष भएपछि परिचित भएका कारण यसपटक परिर्वतनको पक्षमा देखिने निष्कर्ष सहित निर्वाचन जिती सकेको बताउँदै आएका छन । लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसका बागी उमेदवार राम शर्मा पौडेलको त्रास देखिन्छ ।


त्यसबाहेक शिक्षकहरुका नेता बसन्तबहादुर सिके, पुर्व साँसद ऋषिकेश तिवारी देखि स्थानिय निर्वाचनमा टिकट नपाएका उत्तर देखि दक्षिणका सबै असन्तुष्टहरु एक ठाउँमा उभिएकाले संकटको घण्टी बजिरहेको छ । हिजो जोशीको पक्षमा रहेकाहरु अहिले बिपक्षमा छन भने हिजो सधै जोशीको बिरोध गर्नेहरु चुनाबी प्रतिष्पर्धामा छन । अर्को तर्फ पहिले साँसद भैसकेका बिकास लम्साल प्रदेशमा चुनाबमा गएको तथा एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना प्रतिनिधीसभामा नउठेका कारण उनीहरुले कसरी सहयोग गर्छन भन्ने कुराले पनि गिरीको बिजय यात्रालाई सुनिश्चित गर्छ भन्ने देखिएको छ। एमालेमा जिल्लाको माधब नेपाल पक्षका नेताहरुलाई खुलेरै चुनाबी अभियानमा समाबेश गर्दा ठुलै मत अन्तरले गिरीले चुनाब जित्न सक्ने अनुमान पनि कांग्रेसी कार्यकर्ताहरुको छ । यसको अन्तिम छिनोफानो भने परिणामले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली