2026-07-27 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष माओवादीमा प्रवेश

कात्तिक १८, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राएका छन् ।  

तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे समस्यामा परेका छन् ।

उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । 

तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए । राप्रपा पार्टी विभाजन भएपछि तिमिल्सिना विक्रम पाण्डे जता लाग्छन् उतै जाने भन्दै राप्रपा प्रजातान्त्रिकतिर लागेका थिए ।

उनी भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवारसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली