2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दलहरु चुनावी सभामै व्यास्त, तातियो गाउँवस्ती

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | खोटाङका अधिकांश दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सम्वन्धी गतिविधिमा व्यस्त छन् ।

आगामी मंसिर १० गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस, एमाले–माओबादी केन्द्र गठबन्धन, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा उम्मेद्वार चुनाव प्रचार–प्रसारमा होमिएका हुन् । 

बाम गठबन्धनले आईतबार डुम्रेधारापानी र बतासेमा चुनावीसभा गरेको छ । डुम्रेधारापानीमा भएको चुनावीसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) बाट उम्मेद्वार बनेका राजन राई, एमालेका समानुपातिक उम्मेद्वार खगेन्द्र राई, पुर्वसभाषद पिके राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, एमाले नेता कर्ण घले, हरिकुमार पोखरेल, देवबिक्रम राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, वाम गठबन्धनका प्रदेशसभा (ख) बाट उम्मेद्वार बनेका माओबादीका रामकुमार राईको संयुक्त चुनावी बतासे पुगेको छ । बतासेमा पुर्वसभाषद उषाकला राई, एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, माओबादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे, नेता इन्द्र दंगाल, पुष्पशंकर बिश्वकर्मा, युवा संघका प्रभातबिक्रम कट्वाल लगायतले सम्बोधन गरेका छन् । 

वाम गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । सप्तमनी राई संयोजक र मनिन्द्र राई सचिव रहेको निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । कार्यक्रमलाई एमाले उपसचिव कुमार आचार्य, माओबादी केन्द्रका सचिवालय सदस्य होमकाजी आचार्य, सुमन श्रेष्ठ लगायतले सम्बोधन गरेका छन् । बाम गठबन्धनले सोमबार छोरम्बु र हलेसीमा चुनावी कार्यक्रम गर्ने जनाएको छ । 

कांग्रेसले पनि चुनावी अभियानलाई बाक्लो बनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई चुनावी घरदैलो अभियानमा व्यास्त बनेका छन् । आईतबार कुभिन्डे र हौंचुरमा आयोजित चुनावीसभालाई  प्रदेशसभा (क) का उम्मेद्वार पोखरेल, कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, दिनेश राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, बोपुङमा भएको चुनावी कार्यक्रमलाई प्रदेशसभाकी उम्मेद्वार बजिमय, प्रदेशसभा (ख) का उम्मेद्वार राई, पुर्व बनराज्य मन्त्री शिवकुमार बस्नेत, तिर्थ भट्टराई, महेन्द्र कट्वाल लगायतले सम्बोधन गरे । यस्तै, महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा पनि छुट्टै चुनावी कार्यक्रम सञ्चालन भइरहेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई