२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पुरा गर्न सक्छ’

२० कार्तिक २०७४, सोमबार १०:५७

कात्तिक २०, अछाम ।  नेपाली कांग्रेस अछामका सभापती तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्धवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गर्नुभएको छ । 

पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

प्रतिनीधी सभा क्षेत्र नं. १ को पहिलो चुनाबी आमसभालाई सोमबार लुंग्रामा सम्वोधन गर्दै उम्मेद्धवार स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताउनु भयो । 


नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्यव पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उहाँले जनतालाई आग्रह गर्नुभयो । अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेद्धवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताउनु भयो । 

यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश नं. १ का उम्मेदावार मेघराज खड्काले अछाम जनताको आर्थिक स्तर उकास्न र जिल्लामै स्वरोजगारको बातावरण बनाउन आफुले योजना बनाएको भन्दै कांग्रेसले जितेको खण्डमा आफ्नो योजना कार्यान्वयन गर्ने बताउनु भयो । 

आफु सधैँ अछामी जनताको पक्षमा काम गर्दै आईरहेको भन्दै पूर्व पार्टी सभापति समेत रहेका खड्काले आर्थिक विकास गरी देशलाई समृद्ध बनाउने खाका कांग्रेसले बनाएको दाबी गर्नुभयो । कांग्रेसको जित नै लोकतन्त्रको जित हुने भन्दै उम्मेद्धवार खड्काले आफुलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…