2026-08-31 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्डको खुवी: चितवनमा दैनिक ५०० भन्दा बढी मतदाता आफ्नो पक्षमा पार्दै

कात्तिक २१, चितवन | प्रचण्डले चितवनमा जित्लान् ? भन्ने प्रश्न सोध्ने हो भने धेरैले जवाफ दिन्छन् –  ‘अह.. यसै भन्न सकिन्न ।’ तर प्रचण्डले पछिल्लो दिनमा चितवनमा यसरी आफुलाई शक्तिशाली बनाउने अभियान थालेका छन् कि दैनिक ५०० जना भन्दा बढी अरुका मतदातालाई आफ्नो पक्षमा पार्ने अभियानै जस्तो बनेको छ । 

प्रचण्डले मनोनयन दर्ता पछी जति दिन चितवनमा खटिएका छन्, उनले दैनिकजसो अरुका मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास जारी राखेका छन् । फलस्वरूप प्रचण्डको चुनावी अभियान पछी मात्र झन्डै २ हजारभन्दा बढी अरुका मतदाता आफ्नो पक्षमा पारिसकेका छन्  । दिन गन्ति गर्नेनै हो भने प्रचण्ड चितवनमा खटिएको ४/५ दिन मात्र भएको छ तर यतिका संख्यामा पार्टी प्रवेश गराउनु सहज थिएन तर हरेक जसो कार्यक्रममा मतदातालाई आफ्नो पक्षमा पार्नु उनको खुवीझैं बनेको छ । कात्तिक १६ गते चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका प्रचण्डले चितवनमा आफुलाई जितका दावेदार बनाउने क्रममा दैनिक भेटघाट र कार्यक्रममा सरिक भएका छन् । एमालेका कार्यकर्ता बीच प्रिय बन्दै अन्य पार्टीका नेता/कार्यकर्तासम्मलाई उनले आफ्नो पक्षमा पारिसकेका छन्  । यस अघि चितवनका राप्रपा अध्यक्ष सहित राप्रपाका कार्यकर्तालाई आफ्नो पक्षमा पार्नुनै यसको उदाहरण मान्न सकिन्छ । प्रचण्डकै प्रभाव स्वरूप राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरेको थियो । त्यस्तै चितवनको नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको समुहलाइ पनि प्रचण्डले आफ्नो पक्षमा ल्याईसकेका छन् । 

मनोनयपछि प्रचण्डले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन गरेको र त्यसमा दिएको अभिव्यक्तिले एमाले मतदातामा पनि राम्रो प्रभाव जमाई सकेका छन् । हेभीवेट नेता त्यसमा पनि भविष्यमा प्रभाव पार्न सक्ने नेताको रुपमा रहेकाले अधिकांश कार्यक्रममा प्रचण्डकै भाषण भएका छन् । जस मध्ये चितवनको माडीमा आयोजित दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिता, बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाटन, प्रचण्ड विजय अभियान जस्ता कार्यक्रममा उनले राम्रो प्रभाव पारे । 

प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा आफ्नो प्रभाव रहने ठाउँ त उनले छाडेका छैनन् नै त्यसमा पनि आफ्ना बाल्यकालका साथीहरुलाई किन छाड्थे ? उनले बाल्यकालका साथीसंगीहरुलाई समेत भेट्न भ्याई सकेका छन् । उनले हरेक ठाउँमा आफ्नै ठाउँमा लड्न आईपुगेको भन्दै आफ्नो ठाउँको जनताको मायाँ पाउने आशा सहितको अभिव्यक्ति दिने गरेका छन् । सिरहामा यस अघि विर्वाचन जितेर स्थानीय तहमा समेत सिराहबाट माओवादीलाई सबैभन्दा राम्रो स्थितिमा ल्याएका प्रचण्डले चितवनमा त्यसभन्दा आक्रामक शैली अपनआएका छन् । सिराहको विकासका लागि प्रचण्डले खेलेको भूमिकाकै कारण स्थानीय तहमा माओवादीले मधेसी नेताको बाहुल्यता रहने क्षेत्रमा समेत आफुलाई राम्रो स्थितिलाई समेटेको विश्लेषण छ । यसै कुरालाई बुझेकाहरुले अहिले चितवनमा प्रचण्डलाई सम्भावित विकासको आशा मानेका छन् । त्यसमा पनि आफुलाई प्यारो बनाउन प्रचण्डले कुनै कसर छाड्दैनन् भन्ने कुरा उनले दोश्रो प्रधानमन्त्री कालमा प्रमाणित गरिसकेका छन् । 

बिपक्षीलाई समेत प्रभावमा पारेर आफ्नो पक्षमा तान्ने अभियानमा कस्सिएका प्रचण्डको चुनावी प्रचारले बिपक्षीलाई समेत अफ्ट्यारो बनाईदिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान