2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार नायक नवल खड्काले चुनावीसभा भन्दै फिल्म देखाए, आचारसंहिताले रोक्यो !

चिसाङ शेर्पा | कात्तिक २२, खोटाङ | निर्वाचन आचारसंहिता विपरित चुनावीसभा गर्दा नायक तथा नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशसभाका समानुपातिक उम्मेद्वार नवल खड्काको कार्यक्रम प्रशासनले विचमै वन्द गराएको छ । बाम गठबन्धनसहित नियम विपरीत सभा गर्दा खड्काको कार्यक्रम वन्द गराईएको हो ।

जिल्ला प्रशासन कार्यालयमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्ने भनि कवुल गरेका नायक खड्काले सदरमुकामस्थित त्रिवेणीचोकस्थि होटल आचार्य एण्ड लज अगाडी सडक जाम गराएर ‘भिमदत्त’ नामक चलचित्र देखाएका थिए । 

हामीसमक्ष सांगितिक कार्यक्रम मात्रै गर्छौं भनेकाले राष्ट्रिय तथा जिल्लाकै कलाकार भएका नाताले कार्यक्रम गर्न दिएका हौ । तर, उहाँहरुले आफुले वोलेको आफैले पालना नगर्दा बाध्य भएर कार्यक्रम वन्द गराईएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । समानुपातिक उम्मेद्वार तथा नायक खड्काले प्रशासनमा सिनेमा देखाउँने कुरा नै नगरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ । 

जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीका अनुसार कुनै पनि दल तथा उम्मेद्वारले विहान ८ वजेदेखी वेलुका ७ वजेसम्म जुलुस, आमसभा,  र्याली, भाषण, सांगितक कार्यक्रम गर्न पाईन्छ । उहाँहरु निर्वाचन आचार संहिताभन्दा वाहिर गएर कार्यक्रम गरेको हो यस्तो गर्न संहिताले दिन्न’ खत्रीले भने, निर्वाचन आचार संहिता विपरीत कार्यक्रम गर्न कसैलाई अधिकार नभएको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई