2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आईपुग्यो निर्वाचन सामग्री, शनिवारवाट मतदाता शिक्षा शुरु

चिसाङ शेर्पा/कात्तिक २३, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवाश्यक साम्रगी विहीवार विहान दिक्तेल आईपुगेको छ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारजस्ता आवाश्यक सामग्री ल्याईएको हो । १ लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । १ सय ७९ मतदान केन्द्र रहेको खोटाङमा २८ वटा मतदानस्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील घोषणा गरिएको छ ।

निर्वाचनका लागि जिल्लामा एक हजार १४ जना म्यादी प्रहरी, ८ सय २६ नेपाल प्रहरी र १ सय ६१ जना सशस्त्र प्रहरी गरी २ हजार १ जना खटिने छ । अति संवेदनशील मानिएको मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको तीनवटा सुरक्षा घेरा हालिने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बतानुभयो ।

जिल्लामा निर्वाचनका लागि आवाश्यक सामग्री आएसंगै कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी रहेको छ । अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी खत्रीले बताउनुभयो ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि २ जनाको कोटा रहेको खोटाङमा दश राजनैतिक दल चुनावी मैदानमा उत्रेका छन् । यद्यपी जिल्लामा बाम गठबन्धनका उम्मेद्वार विशाल भट्टराई र नेपाली कांग्रेसकी सरस्वती वजिमयविचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई