2026-08-31 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार चुनाव भाड्ने षडयन्त्रमा लागिरहेको छ: प्रचण्ड

कात्तिक २५, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ । 

पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताउनुभयो । 

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली काँग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षडयन्त्र भएको उहाँले बताउनुभयो । 

रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, आज बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुन लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै उहाँले यस्ता घटना निन्दनीय रहेको उल्लेख गर्नुभयो । 

यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक दुई दिनमा थाहा हुने भन्दै उहाँले एकथरि मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने उहाँले बताउनुभयो । 

अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै उहाँले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको भन्दै उहाँले भन्नुभयो “वामपन्थी लोकतान्त्रिक वा दक्षिणपन्थी लोकतान्त्रिक भन्ने कुरामा मात्रै फरक हो ।” काँग्रेस र अरु दललाई मात्र लोकतान्त्रिक भन्नु गलत भएको उहाँले बताउनुभयो । 

वामपन्थी तानाशाहीतर्फ जाँदैछन् भन्ने हल्ला मात्रै फिजाइएको भन्दै उहाँले देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै उल्लेख भएको स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो