2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन सक्दैन: उपप्रम गच्छदार

कात्तिक २७, इटहरी । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गर्नुभएको छ । 

उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको काँग्रेसलाई हानी नपुग्ने दाबीसमेत गर्नुभयो । 

उहाँले सुनसरीको इटहरीमा काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरको आज उद्घाटन समारोहपछि बोल्नु हुँदा उक्त दाबी गर्नुभएको हो । 

उपप्रधानमन्त्री गच्छदारले देशलाई समृद्ध बनाउनका लागि काँग्रेसले अवलम्बन गरेको स्वतन्त्र आर्थिक नीति र विकासप्रति इमान्दार भएर नेपाली जनतालाई सक्षम तुल्याउन गरेको प्रयत्न नै काँग्रेसले जित्ने एकमात्र मूल कारण रहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले नेपालमा प्रजातन्त्र आएपछि वामपन्थीको नेतृत्वमा पनि सरकार बनेको दृष्टान्त प्रस्तुत गर्नुहुँदै काँग्रेस नेतृत्वका सरकारले गरेको शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, भौतिक पूर्वाधार र जलविद्युत योजना उदाहरणीय रहेको पनि खुलस्त पार्नुभयो । 

सोही प्रसंगमा उपप्रधानमन्त्री गच्छदारले महामानव बिपी कोइरालाले कल्पना गर्नु भएको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न धेरै प्रयत्न गरेको र त्यसको उदाहरणस्वरुप विकास योजना गरिबको विकासलाई लक्षित गरेर ल्याएको कुरा भुल्नु हुँदैन भन्नुहुँदै उहाँले राजधानी जोड्ने छोटो दूरीको सिन्धुली सडकदेखि मध्यपहाडी क्षेत्र हुँदै राजधानी काठमाडौँ जोड्न तयार हुँदै गरेको मध्यपहाडी सडक आदि पनि त्यसैका ज्वलन्त उदाहरण हुन्, नेता गच्छदारले उल्लेख गर्नुभयो । 

नेता गच्छदारले देशको आमूल परिवर्तन गर्नेगरी काँग्रेसले देशभरमा साना ठूला गरी २८४ भन्दा बढी पुल निर्माण थालेको तथा कतिपय बनिसकेको उदाहरण दिनुहुँदै मेची पुल पनि काँग्रेसकै सक्रियतामा निर्माणको अन्तिम चरणमा रहेको महत्वपूर्ण उदाहरण हो भन्नुभयो । 

उपप्रधानमन्त्री गच्छदारले काँग्रेस मिडिया प्रयोग र प्रचार अभियानमा कमजोर भएको स्वीकार गर्नुहुँदै देशमा प्रजातन्त्र आए यता काँग्रेसले देशको आमूल परिवर्तनका लागि थुप्रै विकास निर्माण एवं परिवर्तनका कार्य गरेको र महत्वपूर्ण कार्य ओझेलमा पर्ने गरेकाले अब आम सञ्चारकर्मीले इमान्दारितापूर्वक प्रचारमा जोड दिन आग्रहसमेत गर्नुभयो । 

उहाँले इटहरी र यस आसपासको पीडाका विषय बन्दै आएको सेहेरा एवं टेङ्ग्रा खोलाको डुबान एवं कटान नियन्त्रणमा निर्वाचनपछि बन्ने लोकतन्त्र पक्षधर अर्थात् नेपाली काँग्रेस नेतृत्वको सरकारले पूरा गर्नेतर्फ ठोकुवा गर्नुहुँदै इटहरीलाई प्रदेश १ को राजधानी बनाउनका लागि आफूले भरमग्दुर प्रयास गर्ने विश्वाससमेत दिलाउनुभयो । 

उक्त कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभामा उम्मेदवार रहनुभएका हेमकर्ण पौडेल, कुमारजङग थापा बुद्धिबहादुर कटुवाल र मिडिया सेन्टरका केन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, नेपाल पत्रकार महासंघ, सुनसरी शाखा अध्यक्ष अमर खड्कालगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई