2026-10-16 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह

2026-09-24

काठमाडौँ | कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन पर्ने आवश्यकता औँल्याएकी छन् ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा आजदेखि ललितपुरमा सुरु भएको एसिया–प्रशान्त काठमाडौँ | आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको तीन दिने तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले अपाङ्गता अधिकार अग्रजको योगदान, सहकार्य, समन्वय र सामूहिक प्रयासले सम्भव भएको बताइन् । मन्त्री चौधरीले भनिन्, ‘पछिल्लो जनआन्दोलनमा आदिवासी जनजाति समुदायको समेत महत्त्वपूर्ण भूमिका छ, विभिन्न आन्दोलन र प्रयासबाट हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आफ्ना मुद्दालाई अझ प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता छ ।’

उनले अपाङ्गता अधिकारका लागि विगतमा सडकदेखि सदनसम्म आवाज उठाउने अग्रजको योगदानलाई आगामी पुस्ताले स्मरण गर्नुपर्ने बताइन् । ‘हाम्रोबारेमा हामीबिना केही होइन’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै अपाङ्गता तथा आदिवासी दृष्टिकोणलाई केन्द्रमा राखेर समावेशी जलवायु न्याय र विपद् व्यवस्थापनका कार्यक्रम अघि बढाउनुपर्ने उनले बताइन् ।

सम्मेलनमा आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता, नेतृत्व, पहुँच तथा क्षेत्रीयस्तरमा उनीहरूको आन्दोलनलाई थप सशक्त बनाउने विषयमा छलफल हुने सङ्घका अध्यक्ष डा प्रतिमा गुरुङले जानकारी दिइन् । एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका अनुभव आदानप्रदान गर्दै साझा सिकाइ, साझा धारणा र आगामी कार्यदिशा निर्माण गर्ने सम्मेलनका उद्देश्य रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु