2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नयाँ शक्तिका उम्मेद्वार राईलाई सडक खनेर जनताले गरे स्वागत

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । नयाँ शक्ति पार्टी नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषिविज्ञ मदन राईलाई जनता आफैले सडक खनेर गाउँमा स्वागत गरेका छन् । 

मंसिर १० गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशससभाको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा चुनावीसभा गर्न गाउगाउ डुलेका नेता तथा कृषिविज्ञ राईलाई शनिवार ऐसेलुखर्क गाउपालिकाको बाकाचोलमा त्यहाँका स्थानीयले सडक खनेर स्वागत गरेका हुन् ।

जिल्लामा नाहिमा कृषि स्रोत केन्द्र, खोटाङ विकास मञ्च, शुभम–फाउण्डेशन विद्धालयका लगानीकर्ता समेत रहेका राई यतिवेला चुनावीसभामा व्यास्त रहेका छन् । ८ गाउपालिका २ नगरपालिका रहेको खोटाङमा नयाँ शक्तिले जन्तेढुंगा गाउपालिका र वराहापोखरी गाउपालिका वाहेक दुई नगरपालिका तथा ६ गाउपालिकामा चुनावीसभा गरिसकेका छन् । झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटजस्ता चुनावी प्रचारका सामाग्री जिल्लामा कही पनि नराखी उदाहरणिय पार्टीका उम्मेद्वार राई चुनाव नजिकिदै गर्दा रातादिन घरदैलो अभियानमा खटिरहेका छन् । 

त्रिधार्मिक हलेसीलाई विश्व समुदायमा फैलाउन, प्रत्येक किसानलाई व्यवसायी, अर्गानिक खेतीमा सम्पन्न गराउन, युवाशक्तिलाई स्वरोजगारी र व्यवसायी बनाउन, शिक्षालाई उत्पादनमुखी र स्थानिय जननिर्वाचित पदाधिकारीलाई पुर्वाधार विकास क्षेत्रमा सहयोग गर्ने चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने गरेका राईलाई जनताले उत्साहित तवरमा सहयोग गर्ने प्रतिबद्धता जनाउने गरेका नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कमिटी सचिवालय सदस्य सुर्य राईले बताउनुभयो ।

“जनताहरु हल्लामा विश्वास गर्न छोडेका छन् । मदन राईलाई एक भोट दिन मतदाताहरुले आतुरता देखाउनु भएको छ ।” सचिवालय सदस्य राईले भने,“मदन राईको पक्षमा उर्लदो जनसागरले चुनाव जित्ने छाँटकाट देखिएको छ । एक भोट त दिन्छौ भनेका छन् । तर, उम्मेद्वार राईलाई एकपटक भेट्न सवै जनता आतुर रहेछन । त्यसका लागि हामी कसरत गरीरहेका छौ ।” 

चुनावी सभामा खटिरहंदा धेरै जनताहरु पार्टी प्रवेश गर्छौ भनेर भन्छन् तर, हामीले चुनाव अगाडी कसैलाई पार्टी प्रवेश गराएका छैनौ प्रदेशसभा (क) का उम्मेद्वारी ब्याक गरेका मोहन गुरुङ भने, ‘अहिले हामीले सवैलाई सहानुभुती दिदै भोट दिनुस चुनावपछि पार्टी प्रवेश गराउने प्रतिवद्धता दिलाएका छौ ।’ उनले भने, ‘अहिले हामी पार्टी प्रवेश गराउनु भन्दा जनताको मन जित्न खोजिरहेका हौ ।’  

जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ । जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धन पनि चुनावी कसरतमा खटिरहेका छन् । खोटाङका लागि फ्रेस नेताका रुपमा मदन राईलाई हेरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई