2026-09-08 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चुनाव लागेसँगै आफ्नाले आफ्नैलाई चिन्न छाडे…

यति बेला मुगु लगायत देश चुनावमय भएको छ । चिया पसल, चौतारा पानी-पधेरा, घांस-दाउरा जताततै गएपनि सबैजना चुनावकै कुरा गर्छन । 

काम गर्न गएपनि आ-आफ्ना पार्टीका मिली जाने चलन-चल्तीप पनि पुरानै हो । एकै घरका होस वा आफन्त, फरक पार्टीका छन् भने बोलचाल पनि हुँदैन । चिनेपनि नचिने जस्तै गर्छन । अधिकांश राजनीतिमा सक्रिय भएका फरक-फरक पार्टीका छन् । उनिहरु चुनावी माहौल तातिएसँगै हिजो-आज आफन्त तथा चीनजानसँग पनि बोलचाल गर्न नपरे झैं गर्छन । बोलचाल मात्र होईन ताल परे झगडा समेत गर्ने घटनाहरु पनि  छन् । चुनाव आउन थोरै दिन बाँकी रहँदा हिजो-आज मुगुमा चुनावी सरगर्मिले बुढा-बुढी, युवा-युवतीदेखि बालबालिकासम्म तताएको छ । सबै आफ्नो पार्टीले जित्ने दावि गर्दै चुनावी घरदैलो गरिरहेका छन् । कार्यकताले जहाँ आफन्तनै उम्मेदवार भएपनि वा फरक पार्टीमा सहभागी भएकै कारण एकापसमा गाली गरेको सुन्न सकिन्छ भने परि आए राजनीतिकै कारण झडप पनि हुने गरेका छन् । 

चुनावमा पैसाको चलखेल हुन्छ भन्ने कुरा यथार्थ हो । पार्टीहरुले गाउँ-गाउँमा राति-राति पार्टीका कार्यकर्ता परिचालन गरी बिपक्ष पार्टीका कार्यकताले  पैसाको चलखेल गर्न सक्छ भन्दै निगरानी राख्ने काम पनि भएका छन् । चुनाव आउन १० दिन मात्र बाँकी रहदाँ सबैको मुखमा चुनावकै कुरा आएका छन् । चुनावमा कस्ले जित्ला भनी जोड घटाउ भएका छन् । चुनावमा उठेका उम्मेदार सबै उस्तै छन्, कस्लाई भोट दिने भन्ने कुरा पनि कतिपयका कुरा हुन्छन् । 

मुगुको कामरोग गाउँपालिकामा एकजनाले विपक्ष पार्टीलाई सहयोग गरेको भन्दै आफ्नै घरको व्यक्तिलाई घर निकाला समेत गरेका छन । यो चुनावको कुरा मात्र होईन, प्राय सबैजसो चुनावमा यस्ता घटना घटिनै रहेका छन् । 

– नन्द बहादुर रोकाया | मुगु | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल