2026-08-31 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे

मङ्सिर १, चितवन । राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि पर्नुभएको छ । 

पूर्वप्रधानमन्त्री दाहाल काँग्रेस फकाउँदै हुनुहुन्छ भने पाण्डे एमाले फकाउँदै हुनुहुन्छ । काँग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उहाँहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागि पर्नुभएको हो । 

काँग्रेस निकट बुद्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेनुलाई भरतपुर महानगरमा प्रमुख बनाउँदा काँग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा दाहालको रहेको बताउनुहुन्छ । तर काँग्रेस झन बढी चिढिएकाले दाहालको त्यो अपेक्षा पूरा हुने घिमिरे सम्भावना कमै देख्नुहुन्छ । 

काँग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउनुहुन्छ । 

वाम बुद्धिजीवी रमाकान्त सापकोटा दाहालले काँग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्नुहुन्छ । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उहाँ बताउनुहुन्छ । 

स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित बन्नुभएका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले दाहालको चुनावी प्रचारमै हुनुहुन्छ । 

माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी सभाहरुमा काँग्रेसलाई फकाउनमै समय बिताउने गर्नुभएको छ । अधिकांश उहाँको भाषणमा बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आउनुभएको छ । 

शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उहाँले अर्काे हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने भन्दै भोट माग्दै आउनुभएको छ । काँग्रेसप्रति उहाँको गुनासो छ, “कि त आफ्नै उम्मेदवार हुनुपथ्र्याे, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।” 

यता पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आउनुभएको छ । हिजो छोरी जिताउने काँग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आउनुभएको छ । निर्वाचनपछि दाहालले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आउनुभएको छ । 

दाहालका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री हुनुहुन्छ । तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः काँग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ । 

विसं २०७० मा तत्कालीन क्षेत्र नं ४ मा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो । काँग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आउनुभएको हो । तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी हुनुभएको थियो । विसं २०७० को निर्वाचनमा काँग्रेस र राप्रपाले एक÷एक सिट जितेको थियो । 

तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा काँग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमालेले, तीनवटा माओवादी केन्द्रले तथा ११ वटा वडा काँग्रेसले जितेको छ । 

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ । 

यता भरतपुर महानगरका १९ वटा वडाको काँग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा काँग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । काँग्रेसको कूल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ । 

स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन् । 

पहिलो काँग्रेस छ भने दोस्रो एमाले छ । वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ ।  नारायण अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो