2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिलवालले जनतालाई धनी बनाउने, राणाले व्याज स्वरुप भोट माग्दै

मङ्सिर १, ललितपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट नवराज सिलवालबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै उम्मेदवार जनताका घर–दैलोमा पुगेर मत माग्न व्यस्त रहेको दृश्य जो कोहिले सजिलै देख्न सकिन्छ । 

युवा नेताको अग्रपंक्तिमा परिचित राणा काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षको कार्यभारसमेत सम्हालीसक्नु भएको छ । 

शालिन तथा नम्र भाषाका धनी राणाले आफ्नो विजय सुनिश्चित भएको उल्लेख गर्दै जनमानसबाट लोकतान्त्रिक गठबन्धनको साथ पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जसरी काँग्रेसको पक्षमा जनताले साथ दिएर विजयी गराउनुभएको थियो त्यसरी नै मंसिरमा हुन लागेको चुनावमा लोकतान्त्रिक गठबन्धनले साथ पाउनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । 

नेता राणाले लोकतान्त्रिक संविधान काँग्रेसकै नेतृत्वमा निर्माण भएको र चुनाव सम्पन्न भएपछि देशले आर्थिक समृद्धिको गति लिनेछ भन्दै लोकतान्त्रिक शक्तिको विजयले मात्र देशमा विकास र समृद्धि हुनसक्ने दाबी गर्नुभयो । 

बहुचर्चित कान्तिलोकपथ सडक निर्माण तीव्र गतिले हुनुमा काँग्रेसको नेतृत्वमा भएको र त्यसले प्रत्यक्ष रुपमा राष्ट्र विकासमा थप टेवा पुगेको बताउँदै उहाँले उक्त सडक काठमाडौंँबाट छोटो दुरीमा हेटाँैडासम्म पुग्ने सडकको रुपमा परिचित रहेको छ, सो सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यसैगरी वाम गठबन्धनबाट मैदानमा उत्रनुभएका प्रहरीका प्रहरी पूर्व नायब महानिरीक्षक सिलवालले यस क्षेत्रको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रहरी सेवामा लामो अनुभव संगाल्नुभएका सिलवालले आर्थिक तथा सामाजिक रुपले जनतालाई सम्पन्न बनाउन आफू कटिबद्ध रहेको उल्लेख गर्दै मुलुकको आर्थिक संमृद्धि र स्थायीत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

गाउँमै रोजगारी सिर्जना गरेर विदेशिएका युवालाई रोक्नु आजको आवश्यकता भएको बताउँदै उहाँले भ्रष्टाचारमुक्त नेपाल र हरेक क्षेत्रलाई आर्थिक एव‌ सामाजिक रुपले पारदर्शी बनाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रहरी सेवामा आफूले न्याय नपाए पनि जनताले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गर्दै सिलवालले जनताको घरआँगनमा मत माग्न आफू आएको बताउनुभयो । 

सो क्षेत्रमा एउटा गोदावरी नगरपालिका र वाग्मती, महांकाल तथा कोञ्ज्योसोम गरेर तीनवटा गाउँपालिका छन् । कूल ६५ हजार ९१८ मतदाता रहेका यस क्षेत्रमा पर्ने प्रदेश(क) मा ३२ हजार ८३२ र प्रदेश(ख) मा ३३ हजार ८६ मतदाता छन् । साहिला ताामाङ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने