2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मतदान गर्न ८ दिन बाँकि, मतदाता शिक्षा थाहा छैन मतदातालाई

चिसाङ शेर्पा/मंसिर २, खोटाङ । सदरमुकाम भन्दा टाढाका पालिका तथा वडाहरुमा मंसिर महिनाको २ गते हुंदासम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा मतदाताहरु अलमलमा रहेका छन् । 

निर्वाचनमा भोट लगाउने, पट्याउने, समानुपातिक, प्रदेशसभा, प्रनिनिधिसभाजस्ता विषयहरुमा कसरी भोट लगाउने, चनिाव चिन्ह चिन्ने कुरामा मतदाताहरु अन्यौलमा परेका छन् । 

विकट गाउँ भएका कारण चुनावी प्रचारप्रसार समेत अझै आईनपुगेको खोटेहाङ गाउपालिका ९ लिच्कीराम्चे माबेथुम्काका मतदाता प्रेम कुमार रायले बताउनुभयो । 

प्रचारप्रसार अभावकै कारण सोही पालिका सिमपानी ८ कसेरीका ५५ वर्षिय चन्द्रकला राईलाई उम्मेद्वार नै थाहा नभएको बताए । मतदाता शिक्षा हत्तपत्त आईपुग्दैन उनले भने, “हामी त मतदाता शिक्षा के हो थाहा पाउदैनौ ।”

निर्वाचन आउन ८ दिन वाँकी रहंदासम्म गाउगाउमा मतदाता शिक्षा पुग्न नसक्दा भोट बिग्रने, बद्धर हुनेजस्ता समस्याले सहभागी राजनीतिक दल संम्बद्ध सवै पार्टीको भोट खेर जाने क्षेत्र नम्बर २ (क) का प्रदेशसभाका कांग्रेस नेता तथा उम्मेद्वार विष्णुकुमार राईले बताउनुभयो ।

हप्तादिनपछि प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भए पनि जिल्लाका पुर्वी गाविस तथा साविकका वडाहरु चिसापानी, सवाकटहरे, ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी, लिच्कीराम्चे लगायत गाविसका अति विकट वस्तीहरुमा अझै मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिहरु पुगेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई