2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाम गठबन्धनका कार्यकर्ता आफ्नै उम्मेद्वारप्रती रुष्ट, मान्छे मारेका र पालिका हरणको आरोप

चिसाङ शेर्पा | मंसिर ३, खोटाङ | खोटाङको क्षेत्र नम्बर २ का अधिकांश भुभागमा बाम गठबन्धनभित्रकै कार्यकर्ता रुष्ट रहेका छन् । खाशगरी लोकतान्त्रिक गठबन्धनसंग प्रर्तिस्पर्धा गर्न चुनावी तालमेल गरेका बामभित्र आफ्नै गुटका स्थानीय नेता तथा कार्यकर्ता उम्मेद्वारसंग रुष्ट देखिन्छन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एक भएर लाग्नुपर्ने अवस्थामा बाम गठबन्धनका मतदाताहरु एकले अर्कालाई पोल लगाउन थालेका छन् । गठबन्धन गरेका एमाले र माओवादीका कार्यकर्ताहरु उम्मेद्वारप्रति नकरात्मक रुपमा वढी आक्रमक देखिन्छन् । क्षेत्र नम्बर २ वाट प्रदेशसभामा उठेका उम्मेद्वार राम कुमार राई पासाङ र प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईसंग थामखर्क विमानस्थलदेखी पालिका हरण र हर्क बहादुर राई हत्याजस्ता विषयमा स्थानीय कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

प्रतिनिधिसभा उम्मेद्वार भट्टराईले भौगोलिक बनावट र निशुल्क जग्गा उपलब्ध हुंदासमेत जर्वजस्ती बल प्रयोग गरेर खोटेहाङ गाउपालिका केन्द्र सावाखोलापारी खोटाङवजारमा आफ्नो घर अगाडी लगेको आरोप छ । “त्यो वेला त एमाले कार्यकर्ताले नै भट्टराईको पुत्ला जलाएका थिए । ईन्द्रेणीपोखरीका एक शिक्षकले भने ‘२०४२ सालमा ईन्द्रेणीपोखरीडाडाँमा राखिने भनेको थामखर्क विमानस्थल उनका बडाबा प्रधानपञ्च श्रीप्रसाद भट्टराईले थामखर्क लगे, विमानस्थलका लागि समेत योग्य यहि जमिनमा पालिकाको केन्द्र नराखी फेरी पालिका खोशेका छन् । हामी के एमाले नै भए पनि त्यस्ता मान्छेलाई हामी भोट दिन्छौ त ? उनले थपे ।   

हामीले गाउपालिका माग्दा कारवाही हुने ज्यानमारालाई कारवाही नहुंने खोटेहाङ गाउपालिका ईन्द्रेणीपोखरी ६ का एक स्थानीय एमाले कार्यकर्ताले प्रदेशसभा उम्मेद्वारप्रति इंगित गर्दै आक्रोश पोखे । कटिबद्धरुपमा एमाले थिए, स्थानीय निर्वाचनमा दश हजार व्यक्तिगत खर्चमा भोट मागे उनले भने,“नौटंकी देखियो एमालेको, हामी नाम पनि उच्चारण गर्न चाहान्नौं, हामी लोकतान्त्रिक गठबन्धन जिताऔंमा रहेका छौ ।”

प्रतिनिधिसभा उम्मेद्वार भट्टराई, प्रदेशसभा उम्मेद्वार राईलाई खोटेहाङ गाउपालिकाका ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेमा उनकै कार्यकर्ताले भोट नलगाउने निश्चित छ । गत बुधवार बाम गठबन्धनले सिमापानी बजारमा गरेको चुनावी सभामा नै ४ वडाका एमाले कार्यकर्ताहरुको उपस्थिती शुन्य थियो ।

माओवादी पृष्ठभुमीवाट राजनीति शुरु गरेका प्रदेशसभा उम्मेद्वार पासाङलाई ज्यानमाराको आरोप तथा प्रतिनिधिसभा उम्मेद्वार तथा एमालेका निवर्तमान सभासद भट्टराईलाई गाउपालिका हरण गरेको ठूलो आरोप लिएर स्थानीयहरु आक्रोशित रहेका छन् । 

माथिको तश्विरमा: खोटेहाङ गाउपालिका केन्द्र राख्ने भनि टुंगो लागेको पुरानो जमिन देखाउदै ईन्द्रेणीपोखरीडाडाँमा एक स्थानीय । अहिले पालिका केन्द्र खोटाङवजारमा रहेको छ । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई