2026-10-26 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्य पक्षका मान्छे छोप्ने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी

शंकर के सी/मङ्सिर ४, सल्यान । चुनाव विथोल्ने कार्यमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राज्यपक्षका मान्छे पक्रने चेतावनी दिएको छ ।

विनाकारण आफ्ना पक्षका मान्छे प्रहरीले छोपेको भन्दै उसले सरकारि मान्छेलाइ नियन्त्रणमा लिने चेतावनी दिएको हो । नेकपाका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले भने– ‘हाम्रा मान्छे तीन जना प्रहरीले छोपेको छ, हामी राज्यपक्षका पाँच सात जना मान्छे छोप्ने तयारिमा छौँ ।’

आफ्नै घरमा रहेर काम गरिरहेको अवस्थामा श्रीनगरबाट कृष्ण ओली, फालावाङबाट धन बहादुर विष्ट र रामपुर काल्चेबाट तुल्सी ओलीलाइ प्रहरीले छोपेको नेकपाले जनाएको छ । 

उनले आफना कार्यकर्तालाइ तुरुन्त रिह गर्न माग गरेका छन् । यद्यपि प्रहरीले भने उनीहरुलाइ सोधपुछका लागी नियन्त्रणमा लिइएको जनाएको छ । राज्य जसरि आउँछ आफुहरु पनि त्यसरि नै प्रस्तुत हुने नेकपाका जिल्ला इन्चार्ज विश्वले बताए ।

यो संसदिय व्यवस्थाको चुनावबाट निर्वाचीत हुने व्यक्तिहरु दलाल, भ्रष्ट हुने भएकाले आफुहरु यो व्यवस्थाका विरुद्धमा लागेको बताए । आम नागरिकका गास, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आवश्यकताहरु पुरा गर्नका लागी वैज्ञानीक समाजबाद आवश्यक रहेको र त्यसका लागी एकिकृत जनक्रान्ति आफ्नो पार्टिले अगाडी बढाइरहेको विश्वले बताए ।

यसैविच नेकपाले सल्यानमा पनि बाम गठबन्धनका उम्मेदवारलाइ लक्षित गरेर विष्फोट गराएको छ । दार्मा गाउँपालिकाको फारुलामा आइतबार विहानै बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेद्धार विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतलाइ लक्षित गरि बम विष्फोट गराएको थियो ।

नेकपाले चेतावनी स्वरुप विष्फोट गराइएको भन्दै चुनाव हुनै नदिने र चुनाव हुन नदिनका लागी अझै शशक्त कारवाहि गरिने चेतावनी दिएको छ । विश्वले बाम गठबन्धनले आफ्नो पार्टिकाका कार्यकर्ता विरुद्ध सुराकी गरेकोले उनीहरुका विरुद्ध विष्फोट गराइएको बताए ।

‘हामी यो चुनाव तहसनहस बनाउने उद्देश्यमा छौँ, बाम घटकले हाम्रा विरुद्ध सुराकी गरिरहेका छन्,’ उनले भने– ‘हामीले केहि नगर्दानगर्दै पनि प्रहरीले हामीपक्षका तीन जनालाइ छोपेको छ, यसका विरुद्धमा हामीले विष्फोट गराएको हौँ ।’ नेकपाका कार्यकर्ताले केहि दिन अघि बाघचौरबाट मतदाता शिक्षा सामग्री लुटेर जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने