2026-11-01 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेम्वाङ र आङ्देम्बेबीच टक्कर, कसले बजी मार्ला ?

मङ्सिर ४, पाँचथर । पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिनुभएको छ । 

यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जित्नुभएको थियो भने काँग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा एकपटक जित्नु भएको थियो । अहिले एउटै चुनाव क्षेत्र भएपछि उहाँहरू एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा यी दुई प्रतिस्पर्धी दलका उम्मेदवारहरूले मतदाताका घर घरमा पुग्ने कार्यलाई तीव्ररूप दिएका छन् । 

मतदाताले भने घर घरमा आउने दलका नेता तथा उम्मेदवारसँग परिवारका सदस्यलाई जागिरदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक विकास र भरपर्दो स्वास्थ्य सेवासम्मका माग अघि सारेका छन् । एमालेका नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताउनुभयो । सडक, विद्युत्, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उहाँले विकासे एजेण्डा बनाउनुभएको छ । 

पूर्व सांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्वाङले जलविद्युत्को क्षेत्रमा लगानी गरेर पाँचथरका टोल टोलमा उज्यालो पु¥याउने दाबी गर्नुभएको छ भने काँग्रेस केन्द्रीय सदस्य आङ्देम्बले जनताको सेवाकै लागि आफूले नेतृत्व लिन लागेको बताउनुभएको छ । 

विभिन्न जातजाति आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षणको जिम्मेवारी पनि आफ्नै भएकोले आफू पहिचानवादीका रूपमा परिचित हुन चाहेको उहाँको भनाइ छ । त्यसैगरी संघीय समाजवादीका उम्मेदवार प्रेमराज लावती संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ । 

यता वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर (क) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्र आङ्बो पनि अहिलेसम्मको उपलब्धि वामपन्थीको नेतृत्वमा भएकाले आर्थिक समृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दाबी गर्नुहुन्छ । 

वाम गठबन्धनबाट पाँचथर (ख) का एमाले उम्मेदवार गणेश काम्बाङ पनि पाँचथरको समग्र विकासमा निष्ठापूर्वक काम गरेकाले आफूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गर्नुहुन्छ । 

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) का काँग्रेस उम्मेदवार नरेन्द्र केरुङ लोकतन्त्रमा मात्रै कृषि, सिँचाइ, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरवासीले आफूहरूलाई नै नेतृत्व प्रदान गर्ने बताउनुहुन्छ । 

काँग्रेसबाटै प्रदेश (ख) बाट उम्मेदवार बन्नुभएका सुरेन्द्र दाहाल तमोर जलाशयुक्त जलविद्युत् आयोजना निर्माणमा पहल गर्नेमा जोड दिनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द