2026-09-19 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका उम्मेदवारको यस्तो छ साझा प्रतिबद्धता

मंसिर ४, भद्रपुर । झापामा सामाजिक कार्यमा क्रियाशील रहदै आएको संवाद समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको छ । 

समूहले निर्वाचनलाई मर्यादित, भयरहित एवं विश्वसनीय बनाउन र जनताप्रति उम्मेदवारले गर्न चाहेका विकासका कार्ययोजनामा केन्द्रित भएर उहाँहरुबाट एकै स्थानमा प्रतिबद्धता लिने र त्यसलाई सार्वजनिक समेत गरिरहेको छ । 

सामूहिक प्रतिबद्धतामा निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने, विकासका कार्यलाई तीव्रता दिने, मुलुकलाई समृद्ध बनाउने, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिता, कृषि क्षेत्रको क्रान्ति, पर्यटनको प्रचुर विकास गर्ने रहेका छन् 

यसैगरी विद्युत् उत्पादन एवं विस्तारमा गर्ने आफ्नो निर्वाचन क्षेत्रमा हरियाली बनाउने, रोजगारीको सिर्जना, सामाजिक सुरक्षा भत्ता वृद्धि, नदी नियन्त्रण, सबै धार्मिक समुदायबीच एकता आफ्नो कार्ययोजनामा सबै उम्मेदवारले प्रतिवद्धता जनाएका छन् । 

यसरी प्रतिवद्धता जनाउनेमा झापा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य पदका लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा, वाम गठबन्धनका नेकपा (एमाले)का पवित्रा निरौला खरेल, नयाँशक्ति पार्टीका भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका महावीर राई, देशभक्त जन गणतान्त्रिक मोर्चाका होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका मानबहादुर सावाले हस्ताक्षर गरेका छन् । 

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा १ बाट वाम गठबन्धनबाट एमालेका उम्मेदवार एकराज कार्की, प्रदेशसभा २ बाट नेकाका खड्गप्रसाद प्रसाईं, एमालेका वृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । 

छलफल कार्यक्रमको सहजीकरण अधिवक्ता खगेन्द्र खरेल र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई