2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षी दलले कमिसन खाएर जनता नाङगो बनाए: पोखरेल

मङ्सिर ४, खोटाङ । प्रदेशसभाका (क) का प्रत्यक्ष उम्मेद्वार तथा नेपाली कांग्रेस खोटाङका प्रभावशाली यूवा नेता सुवासकुमार पोखरेलले विपक्षी दल एमालेलाई ईंगित गर्दै उनीहरु जनताका नाममा आएका विभिन्न योजना तथा विकासमा छुटेका बजेटवाट कमिशन खादै जनता नाङगो बनाउने गरेको भनेका छन् । 

जिल्लाका विभिन्न विकास निर्माण तथा आयोजनाबाट कमिसन खाई गोजी भरेर जनताका आँखामा छारो हालीरहेको बताउँनुभएको हो । 

आईतवार हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा चुनावी सभालाई संवोधन गर्दै पोखरेलले चुनावका वेला जनतालाई देउता सरह ठान्ने र जितेपछि धुलो सरहको व्यवहार प्रर्दशन गर्ने विपक्षीदलप्रती आक्रोश हुंदै त्यस्ताहरुलाई निमिट्यान्न पार्नुपर्ने बताएका हुन् । दुई कम्युनिष्ट एकताले मात्र देश नबन्ने भन्दै, दुई करोड पचास लाख जनतालाई एकिकृत गर्ने काम कांग्रेसले गर्ने दावि गर्नुभएको छ  ।

चुनावको मिति नजिकिदै गर्दा चुनावी सभा गर्न हलेसी पुगेका नेता पोखरेलले ‘कांग्रेसले दुई पार्टीको एकताको मात्र कुरा खोजेको छैन् समग्र नेपालको विकासको समृद्धि, संस्कृति र नैतिकताको एकता खोजीरहेका छौं । 

संवोधनका क्रममा नेता पोखरेलले ‘पूर्खाहरुले दिएको लोकतन्त्रको एउटा ठुलो मझेरीमा शासन व्यवस्थालाई राम्ररी चलाउँनुछ, जनता र सत्ताबीच जोडने काम गर्नुछ । 

त्यसैले यसपटक कांग्रेलाई जिताउँन आवश्यक छ  भनेर भोट मागेका छन् । “यदि कांग्रेसले हरायो भने, देश द्धन्दको दलदलमा फस्ने, अराजनीतिक गतिविधि बढेर जाने र फलस्वरुप भ्रष्टचार मौलाउँने समेत संकेत गर्दै जनतालाई सुझाएका छन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेद्वार सरस्वति वजिमयले महिला अधिकार प्राप्तीका लागि कांग्रेसलाई विजयी गराउँन आवश्यक रहेको बताउँभएको छ  । 

महिलामैत्री विषयलाई मुल चुनावी एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका वजिमयले अव खोटाङको विकास र महिलाहरुको संमृद्धि कांग्रेसले मात्र ल्याउँन सक्ने ठोकुवा गर्नुभएको छ । समाजमा घटेका महिला वेतिथि र सुशासनका लागि आफुहरु सचेत बन्न र भ्रममा नपर्न त्यहाँका स्थानीयलाई सुझाव दिएका छन् । 

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य विदुर पौडेल, नेपाल सरकारका पूर्व सचिव माधव रेग्मी,  प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वार सरस्वति वजिमय, जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, राप्रपाका नेता ललितकुमार राई जिवन, कांग्रेसका यूवा भूपेन्द्र राई, ईवन राई, विमला राई, रोजन राई, दिनेश राई, जिल्ला सचिव ज्ञानेन्द्र जोशि, जिल्ला सदस्य प्रकाश कुमार श्रेष्ठ, दुरेन राई, तरुन दलका जिल्ला सभापति भीषण राई, नेविसंघका जिल्ला सभापति राजकुमार वस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई