Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलले भने- ‘बाबुराम भट्टराईलाई जिताउनुहोस’

२०७४, ५ मंसिर मंगलवार ०६:३४

मङ्सिर ५, गोरखा । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो । 

नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै काँग्रेसले बहुमतसहितको सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो । 

पौडेलले भन्नुभयो, “अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ देखिन्छ । अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ ।” 

गोरखा–२ का उम्मेदवार तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गर्नुभयो । काँग्रेससँगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो । एमाले र माओवादी रूपान्तरण हुन नसकेको उम्मेदवार भटृराईको टिप्पणी थियो । 

काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गोरखा–२ मा बाबुराम भट्टराईले जितेमा संसद्मा काँग्रेस बलियो शक्ति हुने बताउनुभयो । व्यक्तिगत पीडा भुलेर पार्टीको आह्वानअनुसार भोट दिन आग्रह गर्दै उहाँले संविधान र प्रजातन्त्र बचाउन काँग्रेसका उम्मेदवारले जित्नैपर्ने बताउनुभयो । 

काँग्रेसका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधान निर्माणमा डा भट्टराईले निर्वाह गर्नुभएकोे भूमिका प्रशंसायोग्य छ भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई बिनाहिचकिचाहट भोट दिएर जिताउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिकी नेत्री करिष्मा मानन्धर, सहिद परिवारका सदस्य दीपक हमाल, काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङ, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, गोरखा–२ प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार प्रकाशचन्द्र दवाडीलगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गनुभएको थियो । 

यस्तै सोमबार नै गोरखाको आरुघाटमा आयोजित चुनावी सभालाई नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराई, काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, गगनकुमार थापा, गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा–१ प्रदेशसभा (ख) का उम्मेदवार राजेन्द्र बजगाईंलगायतले सम्बोधन गर्नुभएको काँग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश