2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आफ्नै कार्यकर्तालाई ईच्छाविपरीत भोट हाल्न लगाउँदैछन बाम गठबन्धन: राई

मंसिर ६, खोटाङ । बाम गठबन्धनले आफ्नै कार्यकर्तालाई ईच्छा विपरीत भोट लगाउन दबाव दिईरहेको नेपाली कांग्रेस खोटाङका प्रखर बक्ता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राईले बताउनुभएको छ । 

गठबन्धनले आफु निकट कार्यकर्ताको नैसर्गिक अधिकारको हनन् गर्दै डर, धम्की र त्रासमा भोट मागीरहेको बताएका छन् । नियमित चुनावी सभालाई संबोधन गर्ने क्रममा नेता राईले मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा चिउरीडाडामा सत्तामा पुग्नका लागि जनताको खुट्टा मोल्ने र जितेपछि फर्केर नहेर्ने बाम गठबन्धन परास्त गर्न जनता ब्युभिंmनुपर्ने बताउनु भएको छन् ।

बाम गठबन्धन भोट माग्न जनतालाई धम्काउने गर्छन तर, कांग्रेस जनताको भावना बुझेर उनीहरुको आत्मामा बस्न चाहान्छ, मन जित्न चाहान्छ राईले भने, सत्ता जित्न सक्ने तर जनताको मन जित्न नसक्ने नौटंकी बुनि रहेका गठबन्धन लाच पचेको पार्टी रहेको बताउदै उनले भने, “क्षेत्र नम्बर १ मा त्यही अनुहार माओवादीलाई भोट माग्छन् क्षेत्र नम्बर २ एमालेलाई भोट माग्छन् । जनताले कसरी बुझ्ने त्यो नाटक बरु रुख चिन्हबाहेक सबै पोष्टर एकै ठाउँ पार्नुहोस विपक्षी दललाई राईले कडा सुझाव दिए ।”  

देशमा लोकतन्त्र प्राप्तीका लागि कांग्रेस पार्टीलाई जिताउन आग्रह गर्दै उम्मेद्वार राईले मतदान हुनु अघि नै कांग्रेसले जित हासिल गरिसकेको र त्यसका लागि जनताले औपचारिकता मात्रै पुरा गर्न वाँकी रहेको बताएका छन् । हजारौ जनतामाझ भ्रम छलेर बाँचेका बाम गठबन्धन मंसिर २१ गतेपछि नाङ्गेझार हुने ठोकुवा गरेका छन् । राईले  कांग्रेसले जितेमा जिल्लाका सबै वडाहरुमा विजुली, सडक विस्तार तथा खानेपानी, शिक्षा, स्वास्थ्य दुरदराजका वस्तीमा पु¥याउँदै माओवादीले बिस्फोट गराएका टेलिफोन टावरहरु पुन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै, पुर्व महिला सभासद तथा प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमयले महिलाका अधिकारका लागि कांग्रेसले पुलको काम गर्ने बताएकी छन् । एमाले पार्टीले फैलाएको बृद्धाभत्ता सम्बन्धी भ्रामक प्रचारलाई खण्डन गर्दै नेतृ वजिमयले कांग्रेसको सरकार हुंदा नीति बनाईएको र एमालेको सरकारले कार्यान्यवन मात्रै गरेको हो । उनले भनिन् “एमालेले एकलौटी दिएको भन्ने हल्लालाई जनताले बुझ्नु आवाश्यक छ । उनीहरु त जे पनि बोल्छन वजिमयले थपे “कसैको डर धम्कीमा बिचलित नभई त्यसको सामना गर्न जनतालाई आग्रह गर्छु । कसैले शोषण गरेमा त्यस्ता माथी जाईलाग्नुस त्यसको जिम्मा कांग्रेसले लिन्छ ।  

प्रतिनिधि र प्रदेशसभामा जिताउन जिल्लामा कांग्रेस एक ढिक्का भएर चुनावमा खटेका छन् । चुनाव मिति नजिकिदै गर्दा सदरमुकाम छिर्न लागेको कांग्रेसले बुधवार लफ्याङमा चुनावी सभा गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई