२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको बिकास रहफबाट सुरु गर्छु: बोगटी

२०७४, ६ मंसिर बुधबार ०४:२८

मंसिर ६ अछाम । बाम गठबन्धनका तर्फबाट अछाम क्षेत्र नम्बर २ का लागी प्रतिनिधि सभा सदस्यका उम्मेद्धार यज्ञ बहादुर बोगटीले अब अछामको बिकास पुर्बि अछाम रहफबाट सुरु गर्ने बताउनु भएको छ ।  

तुर्माखाँद गाँउपालीका वडा नं. १ रहफमा संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनाबि आम सभालाइ सम्बोधन गर्दै बोगटीले २०२७ सालमा अछामको सदरमुकाम मंगलेनमा यही अछामको पुर्बिक्षेत्रबाट ग्रामिण रोड मार्फत गाडी पुगेको तर यसलाइ निरन्तरता नदिदा नेपालगंञ्ज, धनगढी, डडेल्धुरा, डोटी हुदै अछाम सम्मको लामो रुड मार्फत समान ढुवानी गर्नुपर्छ ।

यस क्षेत्रका जनताहरु चर्कौ मुल्य भाउमा समान खरीद गर्न बाध्य भएकाले आफलाइ यस क्षेत्रका जनताले प्रतिनिधि सभाको सदस्यमा निर्वाचित गराएर पठाइ सके पछि यस क्षेत्रको बिकासका लागी नेपालगंञ्ज, सुर्खेत, दैलेख हुदै रहफको तल्लो ढुंगेश्वरबाट फेरी संञ्चालन गरी रहफ, भैरवस्थान, तुर्माखांद, कमलबजार हुंदै सदरमुकाम मंगलसेनका लागी छोटो रुडको सडकको बिस्तार गरी जनताका लाइ आवश्यक पर्ने दैनिक खाद्यान्न लगाएत उपभोग्यका मालसमानहरु सस्तो मुल्यमा प्राप्त गर्नका लागी आफुले पहल गर्ने बताउनु भयो ।  

नेकपा एमाले अछामका सचिव  समेत रहेका बोगटीले संविधानको कार्यान्वयन र बाम गठबन्धनको घोषणामा अघि सारिएका जनजिविकाका सवाललाई अघि बढाउँदै अछाम क्षेत्र नं. २ का साथै समग्र अछामको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकोे बताउनु भएको थियो ।  


बोगटीले स्थानीय निकायलाई श्रोत साधन सम्पन्न बनाउने, कमलबजार विमानस्थल संचालन गर्ने, सडक सञ्जालहरुलाई स्तरवृद्धि गर्ने, कृषिलाई आधुनिकिकरण  तथा व्यवसायीक बनाउने, विद्युतीकरण को माध्यमबाट हरेक घर उज्यालो पार्ने अपरकर्णाली सञ्चालनको पहल, पर्यटन प्रबद्र्धन लगायतका सवाल आफ्ना चुनावि एजेण्डा भएको बिनास होइन बिकास गर्नेलाइ आफ्नो अभिमत दिन समेत आग्रह गर्नु भएको थियो ।  

तुर्माखाँद गाउपालीका वडा नं. १ का अध्यक्ष थिर बहादुर रावलको अध्यक्षतामा भएको आमसभामा नेकपा एमालेका नेता बम बहादुर बि.सि., नेकपा माओबादी केन्द्र्का पोलीटब्यूरो सदस्य दल बहादुर बि.सि., नेकपा एमालेका प्रदेश सदस्य शंकर बहादुर भण्डारी, माओबादी केन्द्रका उदय बहादुर बिष्ट, एमाले जिल्ला कमिटी अछामका सदस्य योगेन्द्र बहादुर बिष्टले मन्तब्य राखेका छन् ।

कमल रावल, कुल बहादुर शाही, गणेश बहादुर शाही, अनेरास्वबियुका केन्द्रिय सदस्य डम्मर बि.सि., एमाले जिल्ला सल्लाहकार सदस्य अम्मर नेपाली, अनेम संघका लक्ष्मि बोगटी लगाएतले मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन निरक शाहीले गर्नुभएको पत्रकार नरेश कुमार शाहीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार